महर्षि दयान्नद सरस्वतीको जन्मजयन्तीमा अार्य समाज द्वारा विविध कार्यक्रम

ठोस खबर / अार्य समाज झापाले आर्य समाजका संस्थापक महर्षि दयान्नद सरस्वतीको २०० अौं जन्मजयन्तिमा विविध कार्यक्रम गरेको छ ।
समाजले महर्षि दयान्नद सरस्वतीको २०० अौं जन्मजयन्ति तथा शिवरात्रीको अवसर पारेर झापाको कनकाई नगरपालिका ४ कोटिहवन स्थित अार्य समाज वेद मन्दिरमा श्रीमद् यजुर्वेद व्रह्मपरायण विश्वशान्ति महायज्ञ ज्ञान ज्योति पर्वको अायोजना गरेको हो ।
दुई दिवसिय महायज्ञ ज्ञान ज्योति पर्वको शुक्रबार प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नु भएको थियो ।

नेपाल आर्य समाजका पूर्व अध्यक्ष आचार्य कमलाकान्त आत्रेय को प्रमुख वाचकत्व तथा आर्य समाजको अग्रज व्यक्तित्व धर्मप्रसाद सुवेदीको प्रमुख यजमानत्वमा भएको यज्ञशालामा आचार्प पण्डित टिकाराम शास्त्री , अाचार्य हेमकुमार उप्रेती , अाचार्य पिताम्वर शर्मा , पण्डित चिन्तामणी उप्रेती , सम्भुप्रसाद सुवेदी सञ्चारकर्मी प्रकाश सुवेदी लगायतको सहभागिता रहेको थियोे ।
त्यस्तै उद्घाटन कार्यक्रममा भारतबाट पाल्नुहुने अार्य समाजका विशिष्ट ब्यक्तितब राजकुमार शर्मा , अाचार्य गौरव जी ,अर्य समाजका केन्द्रीय उपाध्यक्ष हरिशंकर मेहेता , केन्द्रीय महासचिव डा. तारा मैनाली , केन्द्रीय सचिव राधा उप्रेती कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , ४ का वडा अध्यक्ष रोशन सुवेदी ,स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , धार्मिक व्यक्तित्व लगायतको उपस्थित रहेको थियोे ।

प्रातःकालीन ब्रह्म यज्ञ ( सन्ध्या ) , देव यज्ञ ( हवन , प्रवचन , भजन ) , सायंकनलीन देव यज्ञ , ब्रह्मयज्ञ , रात्रीकालीन प्रवचन , भजन उपदेश अादी कार्यक्रम गरिएको थियोे ।
दोस्रो दिन शनिवार ब्रह्म यज्ञ , देव यज्ञ ( हवन , प्रवचन , भजन ) साथै पुर्णाहुति गरिएको थियोे । कार्यक्रममा मरणोप्रान्त अार्यरत्न सम्मान , अभिनन्दन समेत गरिएको थियो । अार्य समाजलाई भुमि व्यवस्था गर्नुहुने स्वर्गीय लक्ष्मी दास मैनाली , मन्दिर निर्माण कर्ता स्वर्गीय कृष्ण वहादुर खत्री र अार्य रत्न समाज शंरक्षक स्वर्गीय रतिराम शर्मा लाई मरणोप्रान्त अार्यरत्न सम्मानद्वारा सम्मान गरिएको समाजका सचिव नारायण उप्रेतीले वताउनु भयो । सम्मानित सबैको अार्यरत्न सम्मान पत्र समापन कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर उपप्रमुख अाशा शर्मा शिवाकोटीले परिवार जनमा हस्तान्तरण गर्नु भएको थियोे ।

यस्तै समाजमा स्व. मोतिलाल उप्रेती स्मृति प्रतिष्ठानको नाममा सम्पुर्ण सरम्से उप्रेती परिवारको तर्फवाट वाट ७ लाख रुपैयाँको अक्षय कोष खडा भएको छ भने मानव सेवामा समर्पित हुदै अार्य समाजलाई अघि बढाउने , पुजारी व्यवस्थापन गर्ने शिक्षा क्षेत्रमा सम्मान गर्ने जस्ता उदेश्यले समाजले मुल कोष निर्माणकार्य पनि अघि बढाएको छ । जसमा समाजका वर्तमान अध्यक्ष नित्यान्नद पाठकबाट १ लाख १ हजार एकसय एघार रुपैयाँ , स्व . विष्णुप्रसाद/ मनकुमारी ढकालको स्मृतिमा उहाँका परिवारको तर्फबाट १ लाख १ हजार एकसय एघार रुपैयाँ , स्व लक्ष्मी दासको स्मृतिमा छोरी ज्वाँई सुमित्रा / सुर्यप्रसाद शिवाकोटीको तर्फबाट १ लाख एकसय एघार स्व. मोहन लाल / कृष्णदेवी मैनालीको स्मृतिमा छोरा तारानाथ मैनालीबाट १ लाख १ हजार एकसय एघार अक्षयकोषमा हस्तान्तरण गर्ने बताउनु भएको छ । यस अघिनै धर्म प्रसाद सुवेदीबाट १ लाख र स्व.मोहनप्रसाद उप्रेतीबाट १ लाख प्राप्त भएको र यो सबै रकम मुल कोषमा राखी समाजले अक्षयकोष सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्ने जानकारी गराएको छ ।
यसै बिच अार्य समाज महिला समिति समेत गठन गरिएको छ । चन्द्रकला उप्रेती अध्यक्ष रहेको ११ सदस्यीय महिला समितिको उपाध्यक्षमा अनिता पाठक , सचिवमा नम्रता उप्रेती र कोषाध्यक्षमा लिला पाठक रहनु भएको छ भने सदस्य हरुमा गंगा खनाल , मुना उप्रेती सरिता ढकाल , मिरा ढकाल लगायत रहनु भएको छ ।
अार्य समाज झापाका अध्यक्ष नित्यान्नद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विद्वानहरु द्वारा वेद र गीताको व्याख्या समेत गरिएको थियो । उपस्थित सबैलाई स्वागत नम्रता उप्रेतिले गर्नुभएको कार्यक्रमको सञ्चालन लक्ष्मी प्रसाद ढकालले गर्नुभएको थियोे ।
