सुरुङ्गा / लाइन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनामा झापाको कनकाई नगरपालिका एक दर्जन विद्यालयका छात्रछात्रालाई सचेतना मूलक प्रशिक्षण दिइएको छ ।

कनकाईको वडा नं. १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई मंगलवार मनोपरामर्श, क्यान्सर , सामाजिक अपराध र लागू अौषध संबन्धी सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

यस अघि पनि लायन्स क्लबअफ सरुङ्गा र ईलाका प्रहरी कार्यलय सुरुङ्गाको सहकार्यमा ईप्रका सुरुङ्गाका प्रमुख प्रविण भट्टराईबाट कनकाईका बिद्यालयमै पुगी सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

मंगलबार भएको कार्यक्रममा कनकाईका निजी तथा सामुदायिक बिद्यालयका तिन सय विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा डा. श्रद्धा भण्डारीले मनोपरामर्श, डा. विरेन्द्र यादवले क्यान्सर सम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागुऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।

लायन्स क्लब सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिस्ट्रिक गभर्नर विकास अधिकारी, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, राष्टिय अनुसन्धानका उप–निर्देशक, लायन्स डिस्ट्रिक भाइस गभर्नर लिला चिमरिया रहेका थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा बिर्तामोडका डिएसपी सुरज कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

क्लबको सभाहलमा आयोजित उक्त कार्यक्रममा कनकाई मावि, सरस्वती मावि, भृकुटी मावि, चम्पापुर मावि, हरिकुल अंग्रेजी मावि , झापा मेरिगोल्ड लगायत एक दर्जन विद्यालयका छात्र, छात्रा, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, लाइन्सका प्रमुख तथा सदस्य र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्ल्वका पूर्व अध्यक्ष मनोज बस्नेतले गरेका थिए ।