ठोस खबर / झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई सामुदायिक वनको सभाहलमा एक दिने वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यलय झापाको अायोजना तथा कनकाई सब डिभिजन वन कार्यलयको सह अायोजनामा सोमबार कनकाई सामुदायिक वनका उपभोक्ता , सामुदायिक वन कनकाई नगर महासंघका प्रतिनिधि साथै छिमेकी सामुदायिक वन सुकेडागी सामुदायिक वन र जामुनबारी सामुदायिक वनका प्रतिनिधिलाई सहभागी गराउदै वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको हो ।

सुख्खा मौषम सुरु भएसंगै डढेलोबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै जिल्ला वन डिभिजनले हरेक बर्ष बार्षिक कार्यक्रमनै बनाएर जिल्लाका विभिन्न क्षेत्रमा सप्ताह ब्यापी डढेलो नियन्त्रण सम्बन्धि कार्यक्रम गर्दै अाएको र सोही कार्यक्रम अन्तरगत सप्ताहको पाँचौ दिन कनकाईमा तालिमको अायोजना गरिएको सह अायोजक कनकाई सब डिभिजन वन कार्यलय सुरुङ्गाका रेन्जर तथा कार्यक्रम संयोजक सुरेस कुमार खनालले जानकारी दिनुभयो ।

कनकाई सव डिभिजनका प्रमुख वन अधिकृत नथुनि गोहिवार यादवको अध्यक्षता तथा जिल्ला डिभिजन वन झापाका प्रमुख डिभिजनल वन अधिकृत मेघराज राईको प्रमुख अातिथ्तामा भएको कार्यक्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राईले डढेलो लाग्ने कारणहरु वताउै धेरै कारण हरु मध्ये जानिजानी डढेलो लगाउने पनि एक कारण भएको र यदि जानी जानी डढेलो लगाएको पाइएमा वन एेन २०७६ को खण्ड “घ” बमोजिम ३ बर्ष कैद , ६० हजार जरिवाना र क्षतिपूर्ति समेत बहन गर्नुपर्ने जानकारी गराउनु भयो ।

कार्यक्रममा डढेलो उत्पतीका कारण , डढेलोको प्रकार , असर पार्ने तत्वहरु , डढेलोको परिणाम लगायतका बिषयमा सहभागीलाई जानकारी गराउदै नियन्त्रणका उपायहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षणमा प्रशिक्षक डिभिजन वन कार्यलय झापाका वन अभिकृत द्वय देवेन्द्र उप्रेती , ऋषिराज पराजुली साथै प्रशिक्षक नेहा जोसीले सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रम पश्चात् सहभागी कनकाई सामुदायिक वन , सुकेडागी सामुदायिक वन र जामुनबारी सामुदायिक वनका प्रतिनिधिले प्रशिक्षणमा पाएको ज्ञान अनुसार अाअाफ्नो वनको तर्फबाट डढेलो नियन्त्रणका लागि गर्न सकीने कामको भावी योजनाहरु समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कनकाई सामुदायिक वनका सदस्य गणेश पोखरेलले डढेलो सम्बन्धि कविता समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रजापति सामुदायिक वन समुहलाई डढेलो नियन्त्रणका लागि अावाश्क उपकरण समेत प्रदान गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि राई , अध्यक्ष यादव संयोजक खनाल लगायतले प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मातृका पोखरेललाई उक्त उपकरण हस्तान्तरण गर्नु भएको हो।

कार्यक्रममा कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईं , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम अोली , सुकेडागी सामुदायिक वनका कोषाध्यक्ष अाईपी भट्टराई , जामुनबारी सामुदायिक वनका सह सचिव पुजन वास्तोला लगायतको अातिथ्यता रहेको थियोे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत कार्यक्रम संयोजक कनकाई सब डिभिजन वन कार्यलय सुरुङ्गाका रेन्जर तथा कार्यक्रम संयोजक सुरेस कुमार खनालले गर्नु भएको थियो । कार्यक्रमको अौचित्य माथी प्रकाश डिभिजन वन कार्यलय झापाका वन अभिकृत देवेन्द्र उप्रेतीले पार्नु भएको थियोे भने संचालन कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेलले गर्नु भएको थियोे ।