झापा , १४ चैत / जङ्गली हात्तीले कुल्चिएर शिवसताक्षीमा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन ।

मृत्यु हुनेमा शिवसताक्षी ११ वस्ने अन्दाजी बर्ष ६० कि पबित्रा भेटवाल रहेकी छन । उनका श्रीमान अन्दाजी ६२ बर्षका दिलिप भेटवाल गम्भीर घाईते भएको प्रहरिले जनाएको छ ।

बुधबार साँझ ५:४५ वजेको समयमा श्रीमान् दिलिप भेटवालसंगै शिवसताक्षी ११ स्थित रतुवामाइ बृक्षारोपण आयोजनाको वनमा घाँस , दाउरा गर्न गएका उनिहरुलाई हात्तीले अाक्रमण गरेको थियो । घाईते श्रीमान् भेटवाललाई उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड लगीएको र घटना स्थलमा प्रहरी पुगी कानुनी प्रक्रिया अघिबढाएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।