साधक अद्वैत मनोक्रान्तिले फक्ताङलुङ बिद्यालयमा ७ दिन सम्म जमिनमुनि रहि भूतपस्या गर्ने


ठोस खबर / साधक तिलक लिम्बु (अद्वैत मनोक्रान्ति ) ले झापाको कनकाई ७ दुर्गापुर स्थित फक्ताङलुङ एजुकेसन फाउन्डेसनको प्राङ्गणमा सातदिने निराहार भूतपस्या गर्ने हुनुभएको छ ।
विकासन्द फाउन्डेसन विश्व परिवारको अायोजना तथा फक्ताङलुङ एजुकेसन फाउन्डेसनको समन्वयमा यही चैत १७ गते शनिबारदेखि चैत २३ गते सुक्रबार सम्म विकासानन्द फाउन्डेसन विश्व परिवार बराङ, पोखराको साधक,झापा जिल्ला कमल गाउँपालिका वडा नं. ७ निवासी विगत एक वर्षदेखि फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा योग प्रशिक्षण गराई रहनु भएका तिलक लिम्बूले ९ फिट गहिरो खाडलमा ७ दिन सम्म निराहार भूतपस्या गर्न लाग्नु भएको हो ।
“संसारलाई बदल्नु छ , शुरु अाफैवाट गर्नु छ ” भन्ने मनोक्रान्ति अभियानको मुल नारा भएको र भूतपस्या मनोक्रान्ति भीत्रको जटिल युद्ध भएकोले यस्तो युद्ध जित्न कुनै हात हतियार अावाश्यक नपर्ने र सबैले मनोक्रान्तिबाट बदलिन सके सन्सार बदल्न हात हतियारको युद्ध गर्न नपर्ने साधक लिम्बूले बताउनु भयो । भूतपस्यामा गुरुको अाज्ञा अनुसार जमिन भित्र रहेर गुरुको उर्जाको गावा ध्यान , मन्त्र योग , चक्र साधना जस्ता विधि अपनाएर साधना गरिने र यो सङ्कल्प अाफुले गरिसकेको पनि साधक लिम्बूले बताउनु भयो ।

मनोक्रान्ति अभियानका विदेश विभाग प्रमुख तथा फक्ताङलुङमा अायोजना गरिएको साधनाका संयोजक २ पटक सम्म भूतपस्या गरिसक्नु भएका भूतपस्वी गजेन्द्र राज नेम्वाङ ( योगी श्री णं ) ले मनोक्रान्तिको अर्को रुपनै विकासनन्द फाउन्डेसन रहेको र यो फाउन्डेसन जीवन र जगतलाई बदल्ने अभियानमा रहेको बताउनु भयो । यहि अभियानमा साधनाको अबधारणा पनी अघिसारेको उहाको भनाई छ । जीवन बदल्नको लागि साधनाको धेरै सशक्त अायामहरु हुने र त्यस मध्ये फक्ताङलुङमा हुन लागेको जस्तो भूतपस्या महत्त्वपूर्ण अायम रहेको योगी श्री णं ले बताउनु भयो ।

जमिनमुनि सात दिन सम्म निराहार भूतपस्या गर्नु चानचुने कुरा नभएको हुदा यसको निगरानी र विश्वसनियता कसरि हुन्छ ?भन्ने वारे ठोस खबर कर्मिको जिज्ञासामा कार्यक्रम समन्वय कर्ता फक्ताङलुङ एजुकेसन फाउन्डेसनका संस्थापक , प्रिन्सिपल अोम विक्रम नेम्वाङले यसको लागि बिद्यालय परिवार , अायोजक परिवार साथै सुरक्षाकर्मी समेतको निगरानी रहने र थप विस्वासीलो होस र रेकर्डमा पनि रहोस भन्ने उदेश्यले सिसि क्यामेराको पनि व्यवस्था गरिएको वताउनु भयो ।
तेस्तै भूतपस्या अवधि भर समयानुकूल वेदवाचन , भजन किर्तिनको कार्यक्रम रहेको र हरेक दिन सबैले गुरु उर्जा जल ग्रहण गर्न सकिने पनि नेम्वाङले बताउनु भयो ।

मनोक्रान्तिको द्रष्टा एवम् गुरु डा. योगी विकासानन्द झापा र भारतको सिलिगुडीमा मोटिभेशनल कक्षा तथा हिप्नोसिस सेमिनार सञ्चालन गर्न चैत २० गते साताव्यापी भ्रमणमा झापा आइ पुग्नु हुने र सोही क्रममा भूतपस्वी तिलक लिम्बूलाई चैत २३ गते जुस पिलाएर निराहार भूतपस्याबाट बाहिर निकाल्दै भूतपस्याको औचित्य, आवश्यकता, जीवन र जगतको रुपान्तरण जस्ता विषयमा विशेष प्रवचन दिने कार्यक्रम रहेको अायोजक संयोजक भूतपस्वी गजेन्द्र राज नेम्वाङ ( योगी श्री णं ) ले जानकारी गराउनु भयो ।