ठोस खबर / झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा बजारमा अामाहरुलाई लागुऔषध सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराईले बिहीबार सुरूगा बजारमा ७० जना भन्दा वढी अामाहरूलाई लागुऔषधको प्रयोग र यसबाट बाच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर , यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गर्नुभएको हो ।

वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनिहरुको वानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोरा छोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले र घरघरबाट लागुअौषध नियन्त्रणमा सहयोग पुग्ने बिश्वासको साथ आमा हरुलाई लक्षित गरी सचेतना कार्यक्रम गरिएको बताईएको छ ।