झापा , १७ चैत /  झापाको कमल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका ५ बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११:५०मा हात्ती आएको देखेपछि भाग्न खोज्दा हात्तीले मायालाई लखेट्दै आक्रमण गरेको थियो । 

हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्ललयले जानकारी गराएको छ ।