ठ‍ोस खवर / सुरुङ्गा जेसीजले लागूपदार्थ दुर्व्यसन न्युनिकरणका लागि अक्षयकोष स्थापना गर्न २०८० मंसिर १० गते अाईतबार देखी १७ गते अाईतबार सम्म अायोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको अाय व्यय सार्वजनिक गरेको छ ।

संस्थाको भवनमा शनिवार पत्रकार सम्मेलन गरी संस्थाले पुराणको अाय व्यय सार्वजनिक गरेको हो ।

पुराण अायोजक समितिका अार्थिक संयोजक तथा जेसिजका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले पुराणमा दाता हरुबाट पृथ्वी सहकारीमा जम्मा भएको सहयोग रकम १९ लाख ३३ हजार तिनसय पचासी , माछापुछ्रे बैकमा जम्मा भएको सहयोग रकम १२ लाख १४ हजार छ सय उनान्सत्तरी र पुराण स्थलमा नगद सहयोग ३ लाख २४ हजार पाचसय पचास गरी जम्मा ३४ लाख ७२ हजार छसय ४ प्राप्ति विवरण साथै उक्त रकमबाट विभिन्न शिर्षकमा १५ लाख ३८ हजार चार रुपैया खर्च भई पृथ्वी सहकारीमा ७ लाख ८२ हजार सातसय उनान्सत्तरी र माछापुच्छ्रे बैकमा ११ लाख ५१ हजार अाठ सय एकतिस गरि १९ लाख ३४ हजार छ सय रुपैयाँ मौजात रहेको अार्थिक विवरण सार्वजनिक गर्नु भयो ।

तेस्तै दातारुवाट सहयोगका लागि वोलिएको १० लाख ६३ हजार एक सय अठ्चालिस रुपैयाँ उठ्न बाँकी रहेको र यो रकम पनि उठ्ने क्रम जारिनै रहेकाले चाडै उठीसक्ने विश्वास रहेको पोखरेलले वताउनु भयो । यो रकम पनि उठिसक्दा अक्ष्यकोषमा ३० लाख रुपया पुग्ने पनि पोखरेलले जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै सुरुङ्गा जेसिजका पुर्व अध्यक्ष तथा पुराण अायोजक समितिका संयोजक एलपी उप्रेतीले
अायोजकलाई तत्कालीन समया प्राप्त नगद वाहेक लेखिएका रकम समेत उठ्ने प्रक्रिया निरन्तर चलिरहेकाले अार्थिक बिवरण सार्वजनिक गर्न केही ढीलो भएको जानकारी गराउदै सम्पुर्ण सहयोग दाताहरुलाई झापा जिल्ला लागूपदार्थ दुर्व्यसनको केन्द्रबन्दै गएको र झापाको मध्यभागमा पर्ने कनकाई नगरपालिका समेत यसको रेड जोनमा परेको विभिन्न तथ्यांक सार्वजनिक भईरहेको बेला त्यसको न्युनिकरणका लागी जेसिजले स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । अक्षयकोषमा अझपनी रकम जम्मा गर्न सकिने पनि उप्रेतीले वताउनु भयो । जेसिज बर्ष २०२३ ले बिश्वास गरि जिम्मेवारी सुम्पिएको पवित्र कार्यको अार्थिक प्रतिवेदन जेसिज बर्ष २०२४ को बोर्डलाई हस्तान्तरण गरिसकेको पनि संयोजक उप्रेतीले जानकारी गराउनु भयो ।

जेसिजका बर्ष २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले अब चाडैं लागूपदार्थ दुर्व्यसन न्युनिकरणका लागी कार्यक्रम तय गरेर अगाडि बढ्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा सुरुङ्गा जेसिजका पुर्व अध्यक्ष शुस्मा न्यौपाने , महासचिव ऋषव सिंह चाहार , कार्यकारिणी उपाध्यक्ष बिवेक शिवाकोटी , कोषाध्यक्ष सपना गिरी , उपाध्यक्ष कमल न्यौपाने , तालिम निर्देशक मेनुका उप्रेती , वातावरण संयोजक रमेश घिमिरे , सञ्चार संयोजक जेनिश चौलागाईं लगायतको उपस्थिती रहेको थियोे ।