भाइचाराको सम्बन्ध कायम गर्न रमजानमा मस्जिदमा रमाउदै सुवेदी
सुरुङ्गा / हिन्दु र मृस्लिम समुदायलाई एकसुत्रमा बाध्ने उदेश्यका साथ झापा कनकाई नगरपालिका वडा नम्बर ३ का वडा सदस्य , बिभिन्न सामाजिक कार्य गर्दै आएका गोबिन्द सुवेदीले मदिना जामे मस्जिदमा मिष्ठान तथा भोजनका लागि खाद्यन्न सामाग्री वितरण गरेका छन् ।
सुवेदीले शुक्रवार कनकाई ३ को जामे मस्जिदमा फलफूलसहित मिष्ठान भोजनका लागि सामाग्री वितरण गरेका हुन् ।
हिन्दू र मुस्लिमबिचको भाइचारालाई अझ मजबुत बनाउन उनले शुक्रबार बिहान खाद्यन्न सामाग्री अन्तरगत फ्रुटी, स्याउ, सुन्तला, भूजालगायतका सामाग्री वितरण गरेका थिए भने साँझ मस्जिदमा पुगेर उनीहरुका साथमा खुसी साटासाट गरेका छन् ।
धर्म फरक–फरक भएपनि हिन्दू र मुस्लिमसहित सवैकोे उदेश्य एउटै भएकाले मुस्लिमको पबित्र रमजानमा भाइचाराको सम्बन्ध कायम गर्न पनि यस कार्यले मद्दत मिल्ने सुवेदीले बताए । उनले धर्मकर्ममा बितृष्णा पैदा गर्न नहुने बताउँदै सवैको धर्मको सम्मान गर्नु पर्नेमा समेत जोड दिदै आएका छन् ।
मदिना जामे मस्जिदका अध्यक्ष फिरज अालमले सबै धर्मको आफ्नै पहिचान रहेको र सबै धर्मले शान्तीकै पाठ सिकाउने भएकोले सबैको आस्थालाई सुवेदीले झै एक अर्काले सम्मान गर्न सके सदैव सामाजिक सद्भाव कायम रहने वताए ।
कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईं पवित्र महिनाको रमजान पर्वको शुभकाना दिँदै भने , “हाम्रो देश धेरै जातजातिको बसोबास भएको ठाउँ हो, यहाँ सबै जातजातिले एकअर्काको धर्म, पर्व र आस्थालाई सम्मान गरेर अघि बढ्नुपर्छ, मनाउनुपर्छ ।”
नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन्द्र लम्सालले समाज रहेका सबै मानिसमा मानवीय भावना हुने बताउँदै भने ‘मुस्लिम समुदायको महान पर्वमा सबैले सद्भाव देखाउनु पर्छ, हामीले पनि सोही अनुरुप यो कार्यमा सहभागी भएका हौं ।’
सामाजिक अभियन्ता कमल कट्टेलले नेपाल चार जात ३६ वर्षको फूलबारी भएको बताउँदै रमजान मनाइएको बताए । उनले यो कार्यले सबै जातजाति बीच सद्भाव बढाउन मद्दत मिल्ने विश्वास समेत व्यक्त गरे ।
सुवेदीका काका कृष्णप्रसाद सुवेदीसहितको सहभागितामा मस्दिजमा पुगेर रमजानको शुभकामना आदान–प्रदानसँगै मिष्ठान्न भोजन गराइएको थियो ।
गत फागुन २९ गतेबाट शुरु भएको रमजान चैत २८ गते सम्पन्न हुनेछ ।