कनकाई / रुखबाट लडेर झापाको कनकाई नगरपालिका २ सुकेडाँगीका चेतबहादुर राईको मृत्यु भएको छ ।

सिरिसको रुखमा घाँस झार्न चडेका स्थानीय ५२ बर्षिय चेतबहादुर राई आईतबार साँझ साढे ५ बजेको समयमा रुखबाट लडेर घाईते हुनुभएको थियो ।

घाईते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएकोमा थप उपचार गर्न अन्यत्र लानुपर्ने भएकोले परिवारले जिम्मा बुझेर ल्याएको र सोही दिन राती साढे ८ बजेको समयमा राईको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल राईको सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईको प्रहरीले जनाएको छ ।