नयाँ बर्षमा कनकाई ३ स्थित बुद्ध चौकमा बुद्धको मुर्ति अनावरण

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ स्थित बुद्ध चौकमा नयाँ बर्षको अवसर पारेर शान्तिका प्रतिक गौतम बुद्धको मुर्ति अनावरण गरिएको छ ।

गत तिहारमा बुद्धचौकका स्थानियले देउसी खेल्ने क्रममा हाल स्वर्गीय भई सक्नुभएका स्थानीय बृख बहादुर गुरुङले बुद्ध चौकमा बुद्धको मुर्ति निर्माण गर्न भनी देउसेलाई १० हजार रुपैयाँ दक्षिणा गरे पछी उहाँकै ईच्छा , हौसला र सल्लाहबाट तिहारमा देउसि खेली उठेको रकमले बुद्धको मुर्ति निर्माण गरी नयाँ बर्षको अबसर पारेर वृख बहादुरको अात्मा शान्ति सहित सम्पुर्ण नेपाली जनमा शुखशान्तिको कामना गर्दै मुर्ति अनावरण गरिएको बुद्ध चौक संरक्षण समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष देउमान गुरुङले जानकारी गराउनु भएको छ ।

स्थानीय जेष्ठमाता गितादेवी भट्टराईको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बुद्ध मुर्ति अनावरण गर्नु अघि माईधार गुम्बाका धर्म गुरु शेर बहादुर गुरुङले प्रमुख अतिथि भट्टराई सहित स्थानियलाई कर्ता राखी पुजा अर्चना गर्नु भएको थियोे ।

कार्यक्रमका बिशिस्ट अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वर्गीय बृखबहादुर गुरुङले बुद्ध चौक बनाउने कुरामा पुर्याउनु भएको योगदानको चर्चा गर्दै उहाँ जहिलेपनी यसठाउलाई कसरी अगाडि बढाउने भन्ने कुरामा चिन्तन गर्ने व्यक्ति भएको वताउनु भयो ।

समाजमा काम गरिरहदा धेरै किसिमका मानिस संग भेट हुने र काम गर्ने कुरामा कतिपयलाई समुदायले पनि लगानी गर्नुपर्छ भन्दा उहा अरुलेनै यस कामबाट हामीलाई के फाईदा हुन्छ भन्ने गरेको पाईरहदा बुद्ध चौकका समुदायले अाफ्नो ठाउँ अाफैले नबनाए कस्ले बनाउछ ? मैले पनि यो ठनउ बनाउनु पर्छ भन्ने धारणाले काम गर्दै अाएको भन्दै पोखरेलले प्रशंसा समेत गर्नु भयो ।
तेस्तै नगरसंग जस्ले साझेदारीमा अाफ्नो ठाउँ बनाउन खोज्छ त्यहा नगरले अाफुसंग भएको श्रोत साधनले भ्याएसम्म छलफल गरि काम गर्न सकिने पनि पोखरेलले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईंले बुद्ध चौक वासीले नयाँ बर्षकै दिन बुद्धको मुर्ती अनावरण गरेर यस ठाउँलाई भोलिको दिनहरुमा अझ शान्ति गतिविधिमा अगाडि बढाउने सङ्केत दिएको बताउनु भयो । उहाँले अाज जसरी यहाँको समुहले यस ठाउँलाई नमुना ठाउँ वनाउन भुमिका खेल्नु भयो त्यसरीनै भोलिका दिनमा पनि स्थानीय सरकार संग समन्वय गरेर विकास निर्माणका कामहरु अगाडि वढाउन सक्ने वताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बुद्ध चौक संरक्षण समितिका उपाध्यक्ष अोम पाठकले बुद्ध चौकमा हरेक नयाँ बर्षको दिन एउटा न एउटा कामको उद्घाटन गर्ने लक्ष अनुसार गत साल २०८० बैशाख १ गते बुद्ध मार्गको गेट निर्माण गरि उद्घघाटन गरिएको र यस बर्ष बुद्धको मुर्ति अनावरण गर्न सफल भएको वताउदै अागामी बर्ष यसै क्षेत्रमा सिसिक्यामरा जडान गरी नयाँ बर्षकै दिन उद्घाटन गर्ने लक्ष रहेको जानकारी गराउनु भयो ।

बुद्ध चौक संरक्षण समितिका सचिव तथा कार्यक्रमका संचालक अमरबहादुर लिम्बूले मुर्ति अनावरणको अवस्था सम्म अाई पुग्दा देउसिवाट उठेको ७६ हजार ९६ रुपैयाँ र स्तम्भको लागि ईटा सिमेन्टमा दुर्गा चौलागाईंको सौजन्य , टायल्समा स्थानीय ताराबहादुर राईको सौजन्य साथै पार्केटिङ्ग टायल्समा एविसी कन्ट्रक्सनको सौजन्य समेत गरेर १ लाख रुपैयाँ बराबर खर्च भएको जानकारी गराउनु भयो । जसमा मुर्तिमा मात्रै ६० हजार लागेको वताईएको छ ।

स्थानीय २ दर्जन भन्दा बढी जेष्ठ नागरिकलाई खादा अोडाई सम्मान समेत गरिएको कार्यक्रममा कनकाई ३ का वडा सदस्य अनिल गोयल , सामाजिक व्यक्तित्व रविन्द्र लम्साल , सुरेश गुरुङ्ग लगायत स्थानियको बाक्लो उपस्थित रहेको थियोे ।
