माईजोगमाई , ३ बैशाख / ईलामको माईजोगमाई गाउपालिकाले सोमवार पालिकाको सबै वडा तथा स्वस्थ्य कार्यलय र प्रहरी कार्यलयमा अग्नि नियन्त्रण यन्त्र(Fire Extinguisher) बितरण गरेको छ ।

पालिका क्षेत्रका ३ वटा प्रहरी कार्यलयमा , जौवारीमा रहेको सशस्त्र प्रहरीको विअोपी कार्यलयमा , सबै वडा कार्यलयमा , सबै स्वस्थ्य संस्थामा र पालिकामा गरि जम्मा ४० थान अग्नि नियन्त्रक यन्त्र माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले संयुक्त रूपमा बितरण गर्नुभएको हो ।

अग्नि नियन्त्रण यन्त्र वितरण गर्दै गाउपालिका अध्यक्ष कुश बहादुर थेवेले आगलागि हुदा अग्नि नियन्त्रणमा राहात पुगोस भनी उपकरण वितरण गरिएको बताउनु भयो ।

अचानक हुने अागलागी ठूलो रुपमा फैलन नदिन र धनजनको क्षति कम गर्न अग्नि नियन्त्रण यन्त्र प्रयोग गर्न सकियोस् भन्ने उदेश्यले यन्त्र वितरण गरिएको माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईले जानकारी गराउनु भयो ।