वनको अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान यस पटक अध्यक्षका उमेदवार

कनकाई / झापाको कनकाई नगरपालिका १ र २ स्थित जामुनवारी सामुदायिक वन समुहको स्थापना कालदेखि अध्यक्ष बाहेकका सबै पदहरुको जिम्मेवारी सम्हाली सकेका बुद्धिमान बोहोराले यश पटक भने अध्यक्षमा उमेदवारी दिनुभएको छ ।
अध्यक्षमा उमेदवारी दिएसंगै बोहराले यसअघि अन्य पदमा रहदा अाफ्नो जिम्मेवारी कुशलता पुर्वक कार्य सम्पादन गरिसकेको हुदा यस पटकका लागि अध्यक्षको पदमा आफु सहित लोकतान्त्रिक प्यालनका सब उमेदवारलाई निर्वाचित गराईदिनुहुन मतदातालाई अनुरोध गर्नुभएको छ ।

बुद्धिमान भन्नुहुन्छ “मैले वनको २०५२ साल स्थापना कालदेखिनै हरेक बर्ष कुनै न कुनै पदहरुमा २०५२ सालदेखि ५५ सालसम्म सदस्य, २०५६ सालदेखि २०५९ सालसम्म वन समुहको सहसचिव, २०६० सालदेखि २०६४ सालसम्म सचिव, २०६७ सालदेखि २०७० सालसम्म उपाध्यक्ष र २०७४ सालदेखि २०७७ सालसम्म कोषाध्यक्ष पदमा रहेर कुशलतापुर्वक काम गरिसकेको छु । यतिका पदहरुमा काम गरिसक्दा केहि न केही भिजन ममा छ तर दुर्भाग्य भनौ विविध कारणले गर्दा मैले वनको नेतृत्व गर्ने भने अवशर पाइन जसले गर्दा मेरा योजना वनमा सहि तरिकारले लागु गर्न सकिरहेको छैन । मैले नेतृत्व लिने यहि सहि समय जस्तो लागेर प्यानलनै बनाएर उम्मेद्धारी दिएको छु । यसो हुन सकेमा मेरो नेतृत्व विजयी भएको खण्डमा सामुदायिक वनको पर्यापर्यटनमा मिनी चिडियाघरलाई थप व्यवस्थित गरि देशभित्र मात्रै नभएर देश वाहिरबाट समेत बर्षेनी लाखौ पर्यटकलाई हाम्रो चिडियाघरमा भित्राउनेछु । वन संरक्षणको क्षेत्रमा समेत सबै उपभोक्ताहरुको सल्लाह सुझावलाई लिएर अगाडि बढने र वन संरक्षणमा समेत उपभोक्तालाई साथमा लिएर अगाडि वढने तथा उपभोक्ताले काठ तथा वन पैदावर लिने वेलामा समेत सबैको आवश्यकता र आलोपालो मिलाएर बितरण गर्ने छु । कसैलाई लाखा कसैलाई पाखा हुन दिने छैन ।”
बोहोराले आफु आफै उम्मेद्धारमा उठेको नभई सबै उपभोक्ताको घरदैलोमा गई सुझाव लिदा यसपटक आफै उठनका लागि प्राय धेरै उपभोक्ताले सुझाव दिएको हुदा त्यहि सुझावका आधारमा उम्मेद्धारी दिएकोले आफ्नो निर्वाचन जित्ने आधार त्यहि भएको बताउँनुभयो । आफ्नो प्यानलबाट आफु अध्यक्षमा बुद्धिमान बोहोरा घडीमा, उपाध्यक्षमा तारा कोइराला हात्तीमा, यसनाथ अधिकारी सचिव फुटबलमा , कोषाध्यक्षमा चेतकुमारी सापकोटा रचना दियोमा, अर्जुन गिरी सदस्यमा बल्भमा र सदस्यमै दिलबहादुर गिरी गैडामा मतदान गर्नका लागि बोहोराले अनुरोध समेत गर्नुभएको छ ।
यता यहि बैशाख ६ गते बिहिवार हुने निर्वाचनमा अन्य थप दुई प्यानल परशुराम गिरी र सीता भट्टराईले समेत अध्यक्षमा उम्मेद्धारी दिनुभएको छ । गिरी स्वतन्त्र र अधिकारी एमाले प्यानलबाट उम्मेद्धारी दिदा बोहोरालाई नेपाली कांग्रेसका आधिकारीक उम्मेद्धार बन्नुभएको हो ।