हेटौंडा / हेटौंडामा मंगलबार एक जना युवक मृत भेटिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडा उपमहानगरपालिका १० न्युरेनी जंगलमा २७ बर्षीय सुनिल थिङ झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

हेटौंडाको मनकामना चोकमा बस्दै आएका उनी भेलौरीको रूखमा झ्यालमा लगाउने पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।