जामुनबारी वनको निर्वाच सम्पन्न , ८ सय ९ मत खस्यो

चन्द्र बस्नेत / समीर आलम
कनकाई , बैशाख / जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदान सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा न. २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ८ सय ५१ मतदाता मध्ये ८ सय ९ मत खसेको निर्वाचन समितिले जनाएको छ। जसमा ३० वटा टोलको ५ वटा क्षेत्रका ८ सय ५१ उपभोक्ता मतदाता रहेका थिए।
यता , निर्वाचन सम्पन्न भएसगै आजै सर्वदलीय बैठक बसि मतगणनाका विषयमा छलफल गर्ने र आजै मतदगणना गर्ने जनाएको छ।
निर्वाचनबाट अध्यक्षमा एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिका लागि मतदान भएको हो।
निर्वाचनमा तीन वटा प्यानलले उम्मेद्वारी दिएर मैदानमा हुमिएका थिए । पर्शुराम गिरीको नेतृत्व, सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहाराको नेत्तुत्वमा प्यानल खडा गरी चुनावी मैदानमा हुमिएका थिए ।