पोलमा चढेर विद्युत जोड्ने क्रममा एकको मृत्यु

इलाम , ७ बैशाख / पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका ८ मा एक व्यक्तिको मृत्युु भएको छ ।
सन्दकपुर लादै गरिएकोनयाँ पोलमा चढेर काम गर्ने क्रममा इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको मृत्यु भएको इलामका डिएसपी प्रकाश जबेगुले जानकारी दिनुभयो ।
काम गर्दै गरेको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर अचानक करेन्ट बगेपछि ११ हजार भोल्टको करेन्टले कुँवरलाई पोलमै टाँसेको थियो । घटना स्थलमा प्रहरि पुगी थप अनुसन्धान भईरहेको जबेगुले बताउनुभयो ।