समाजसेबी राजन-गौरा चिमरियाले मेचिनगरमा १५ सय झुल बितरण गर्ने

मेचीनगर / झापा मेचीनगर-१२ निवासी चिमरिया दम्पतिले आफ्नो २१औं बैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाका बिपन्न परिवारलाई झुल बितरण अभियान संचालन गर्ने भएका छन् ।

समाजसेबी एबम् उद्योगी राजन-गौरा चिमरियाले ३ लाख ६७ हजार पाँच सय मूल्यको १५ सय झुल बितरण गर्ने भएका हुन् ।
मौसम प्रतिकुलसँगै लामखुट्टेको टोकाइबाट डेङु भएर अकालमै मृत्युवरण भएको देख्न नपरोस् भन्ने उद्देश्यले प्रत्येक वडामा १०० थानका दरले १५ वटै वडामा १५ सय झुल बितरण गर्न लागेको चिमरियाले जानकारी दिए ।
बिपन्न परिवारको लगत संकलन सुरु गरिएको छ । संकलन कार्य सकेपछि प्रत्येक वडामा वडास्तरीय कार्यक्रमकाबीच झुल बितरण गर्ने चिमरियाको भनाई छ । जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा समाजमा बिभिन्न समस्यामा पर्दै आएका बिपन्न समुदायलाई सहयोग पुर्याउँदै आएका चिमरिया दम्पतिले आफ्नो नियमित कार्यक्रमअन्तर्गत झुल बितरण अभियान गरेको हो ।
चिमरियाले २१ औं बैवाहिक वर्षगाँठकै दिन आज (बिहिवार) झापाको मेचीनगर-८ को टोकला बगानमा कार्यरत बिपन्न चिया मजदुरहरुलाई ५० थान झुल बितरण गरेर अभियानको सुरु गरेका छन् । समाजमा रहेका बिपन्न परिवारलाई नगद, जिन्सी तथा चौपायाँ बितरण गर्दै सामाजिक सेवामा तल्लिन रहेका चिमरियाले यो पटक छुट्टै ढंगले समाजिक सेबा गर्ने योजना बनाएको उनको भनाई छ ।
यसैबीच चिमरिया दम्पतिले मेचीनगर-१२ स्थित देहावसनपछि अव्यवस्थित रुपमा बस्दै आएका बालबालिकाको नाउँमा सुरु गरेको घर निर्माणमा १० हजार सहयोग गरेका छन् ।
उनले घर निर्माण अभियानका संयोजक पत्रकार खगेन्द्र घिमिरेलाई सहयोग रकम प्रदान गरेका थिए ।परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा भुजेलको निधनपछी बालबालिकाको गाँस, बास र शिक्षाको ब्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको आग्रह गरेसँगै संकलित रकमबाट घर निर्माण अभियान प्रारम्भ गरिएको थियो ।

कन्काईका प्रजापति र देबिका मैनालीको एकमात्रै छोरी गौरासँग २०६१ साल बैशाख २७ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नै रीतिका डेरी उद्योगबाट दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजामा दैनिक नि:शुल्क दूध खुवाउँदै आएका समाजसेबी चिमरियाले पछिल्लो समयमा समाजमा उदाहरणीय रुपमा समाजसेवा गर्दै आएका छन् ।
उनले २०७९ सालमा जन्मदिनको अवसर पारेर दर्जनौं सहिद तथा वेपत्ता परिवार सम्मान गरेका थिए भने २०८० सालमा बैवाहिक वर्षगाँठमा मेचीनगर-१३ स्थित सहिद उप्रेती परिवारलाई ६५ हजार मूल्य पर्ने गाई बितरण गरेका थिए ।
मोटरसाइकल दुर्घटनापछि मृत्यु भएका मेचीनगर-१० का राजबंशी परिवारको सदस्य बालिकालाई शिक्षाकोष अन्तरगत ५१ हजारको कोष निर्माण गरेका थिए भने अग्निपीडित, प्राकृतिक बिपत्तिमा परेकालाई उद्दारार्थ आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन् ।
