कनकाई नगरद्वारा सामुदायिक बिद्यालयका बिद्यार्थी लाई हाउस ड्रेस वितरण , कनकाई माविमा मात्रै १,११३ जनाले पाए ड्रेस

ठोस खबर / झापाको कनकाई नगरपालिकाले नगर भित्र रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीलाई हाउस ड्रेस वितरण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
यसै विच शुक्रबार एक कार्यक्रमकाविच नगरले प्रदान गरेको १,११३ प्रति हाउस ड्रेस कनकाई माविका विद्यार्थीलाई वितरण गरिएको छ ।
हाउस ड्रेस बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कपडाकै कारणले बालबालिका विद्यालय नअाउने गरेको हुदा उनिहरुलाई बिद्यालय अाउने वातावरण सिर्जना गर्न नगरका सबै सामुदायिक विद्यालयमा नगरले हाउस ड्रेस वितरण अभियान ल्याएको जानकारी दिनु भयो । चार वर्ष देखि कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई वितरण गर्दै अाएको हाउस ड्रेस यसपटकबाट कक्षा १ देखि कक्षा ८ सम्मका सबै बिद्यार्थीलाई दिन सुरु गरिएको पनि मेयर पोखरेलले वताउनु भयो ।

कनकाई नगरमा रहेका सामुदायिक बिद्यालय कनकाई माविमा १११३ जना , हिमालि माविमा ४९३ जना , चम्पापुर माविमा २७० जना , अादर्श बिद्या मन्दिरमा ३७३ जना , भृकुटी माविमा ५५१ जना , सिंहदेवी माविमा ४११ जना , सरस्वती माविमा २४० जना , जनचेतना अाविमा १६६ जना , कनकाई गायत्री अाविमा २२७ जना , पशुपति अाविमा ७४ जना , देवकोटा अाविमा ९८ जना , जानकी अाविमा १८४ जना , पन्चकन्या अाविमा ५४ जना र भगवती अाविमा २६३ जना गरि कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्ने बिद्यार्थी सङ्ख्या ४ हजार पाँच सय भन्दा वडि रहेको र यी सबै विद्यार्थीलाई हाउस ड्रेस प्रदान गरिने पोखरेलको भनाई छ ।

यसै गरि कार्यक्रममा बोल्दै पोखरेलले देश राम्रो हुन नागरिक असल हुनुपर्छ र नागरिक असल हुन शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुनुपर्छ भन्ने मान्यताले नगरले हरेक बिद्यालयमा योगा र स्काउट शिक्षकको ब्यवस्था गरेको पनि जानकारी दिनुभयो ।
कार्यक्रम उपस्थित सवैलाई सवागत गर्दै कनकाई माविका प्रअ कर्ण वहादुर डाँगीले नगरले विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै बिद्यालयको शैक्षिक एवं भौतिक सुधारका लागि गरेको कार्यको सम्मान गर्दै बिद्यार्थीले झुत्रो झाम्रो अवस्थाका लुगा लगाएर पढ्न अाउने वाध्यतालाई मध्यनजर गर्दै हाउस ड्रेस वितरण गरेकोका धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।

विद्यार्थीलाई मेयर पोखरेल साथै कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईं , वडा सदस्य गोविन्द सुवेदी , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद प्रसाईं , कनकाई माविका पुर्व प्रअ गोपिकृष्ण भट्टराई , शिक्षक प्रतिनिधि दिलिप कुमार खतिवडा , साहायक प्रअहरु हरिप्रसाद तिम्सिना , चन्द्रप्रसाद शिवाकोटी , तिर्थराज खरेल , अाधारभुत तह संयोजक खेमराज भट्टराई लगायतले हाउस ड्रेस वितरण गर्नु भएको थियोे ।

हाउस ड्रेस पाए पछी खुसि देखिएका बिद्यार्थीबाट प्रतिनिधित्व गर्दै कक्षा ५ मा अध्ययनरत बिद्यार्थी रियान ढकालले नगरले हाउस ड्रेस प्रदान गरेर विद्यार्थीलाई राम्रा लुगा लगाई बिद्यालय अाउने वातावरण वनाईदिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शिक्षक लोकेन्द्रराज दाहालले गर्नुभएको थियो ।
