कनकाई/  होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका  २ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा उनलाई साँझ ६ : ४५ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।