कनकाईका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई नगरमा स्वागत, अाजैबाट कार्यभार सम्हादै श्रेष्ठ

कनकाई , ३ जेठ / झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएका सुरज श्रेष्ठलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बिहिवार स्वागत गर्नुभएको छ ।

सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएका श्रेष्ठले आजै देखि नगरपालिकामा कार्यभारसमेत सम्हाल्नुभएको छ।

श्रेष्ठ राज्य पुनरसंरचनापछि बनेको कनकाई नगरपालिकाको सातौं प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सूचना विभागमा कार्यरत उहाँ उपसचिवमा बढुवा भएपछि सामान्य प्रशासन मन्त्रालयमा जानु भएको थियो । २४ वर्ष राष्ट्रसेवक कर्मचारीका रूपमा सेवा गरिसक्नुभएका श्रेष्ठ पहिलोपटक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो ।
श्रेष्ठ इलामको सूर्योदय नगरपालिका –१० का स्थायी बासिन्दा हुनुहुन्छ ।