प्रहरिले गोली प्रहार गरी लागुऔषध कारोबारी २ जनालाई सुनसरीबाट लियो नियन्त्रणमा

सुनसरी,४ जेठ / लागुऔषध अोसार पसारमा संलग्न २ जनालाई सुनसरी बाट प्रहरिले गोलि प्रहार गरि नियन्त्रणमा लिएको छ ।
सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई गोली प्रहार गरी प्रहरीले २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी गराएको छ ।
जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनिहरुलाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार गरेको थियो ।
प्रहरिले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएका थिए । गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको वताईएको छ ।