सुरुङ्गा,१० असार  / अभिभावकको अाकांक्षा र विद्यार्थीको मागलाई मध्यनजर गर्दै ब्रिटिश काउन्सिलबाट अाईएसए प्रमाणपत्र प्राप्त गरिसकेको झापाको कनकाई नगरपालिका ३ सरुङ्गामा रहेको प्यारागन एकाडेमीले यस बर्षबाट कक्षा ११ को पठन पाठन सुरु गर्ने भएको छ ।

यस अघि कक्षा १० सम्म सञ्चालन भएको  प्यनरागन एकाडेमीमा यसै बर्षबाट व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने तयारी रहेको  बिद्यालय परिवारले सोमबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

विद्यालयकी संस्थापक तथा सञ्चालन समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कन्काई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले समाजको अावाश्यकतालाई मध्यनजर गर्दै अब यहाँका बिद्यार्थीलाई बाहिर गएर पढ्न पर्ने अवस्थाबाट मुक्त गर्न   कक्षा ११ , १२ पनि यसै बिद्यालयमा अध्ययन अध्यापन गराउन लागेको बताउनु भयो ।

विद्यालयले यस अघिनै कक्षा ११ र १२ सञ्चालनको तयारी गरेको तर केही कागजी प्रक्रियाका कारण सञ्चालन अनुमतिमा ढीला भएकोमा अहिले सबै प्रक्रिया पुरा भई नगरपालिकाबाट संचालन अनुमति समेत पाईसमेकोले यसै बर्ष बाट कक्षा ११ सुरु गर्न लागेको र यसको लागि बिद्यालयले सबै तयारी पूरा गरेको पनि अध्यक्ष सुवेदीले वताउनु भयो । एसईई को रिजल्ट आए लगत्तै बिद्यालयमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने पनि सुवेदीले जानकारी गराउनु भयो ।

विद्यार्थीले व्यवस्थापन समूह तर्फ एेक्षिक रुपमा   सामाजिक अध्ययन र कम्प्युटर विज्ञान मध्ये एक र सामाजिक र गणित विषयमध्ये एक अध्ययन गर्न पाउनेछन् भने अनिवार्य विषयहरू अंग्रेजी, नेपाली र अर्थशास्त्र पढाइ हुने बिद्यालयका प्रिन्सिपल दिपक भट्टराईले जानकारी गराउनु भएको छ ।

तेस्तै बिद्यालयले एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई भारी छुटको पनि व्यवस्था गरेको छ । विद्यालय प्रशासनका अनुसार एसईई परीक्षामा ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई ७५% मासिक शुल्कमा छुट दिने व्यवस्था विद्यालयले मिलाएको छ भने ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थीले मासिक शुल्कमा १० प्रतिशत छुट पाउने विद्यालय प्रशासनले जानकारी दिएको छ ।

कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थीले भने मासिक रु.५०० अतिरिक्त शुल्क बुझाउनुपर्ने विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले बताउनु भयो । सिटौलाका अनुसार सामान्य धारभन्दा कम्प्युटर विज्ञान अध्यापन गराउनका निमित्त महत्वपूर्ण र महंगा उपकरणहरू आवश्यक पर्ने हुँदा त्यसका निमित्त उक्त रकम विद्यालयले लिनुपर्ने बाध्यात्मक परिस्थिति छ ।

विद्यालयबाट यस वर्ष ५८ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन । अधिकांश विद्यार्थीको अध्ययन गर्ने विषय वा समूह प्यारागन एकाडेमीमै उपलब्ध हुन सक्ने पनि विद्यालय प्रशासनले जनाएको छ। यसका अतिरिक्त कन्काई नगरपालिकाका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका लगायतका क्षेत्रबाट विद्यार्थी भर्ना हुने अनुमान गरेको छ ।

बिद्यालयमा यातायात सुविधा, सर्वसुलभ शुल्क, अतिरिक्त कक्षाको व्यवस्था, अतिरिक्त क्रियाकलाप, व्यक्तिगत वृद्धि विकास का निमित्त विभिन्न कार्यक्रम, शैक्षिक भ्रमण, अनलाइन कक्षाको व्यवस्था , अाधुनिक कम्प्युटर ल्याबको व्यवस्था लगायतका विशेषता विद्यालयको भएको प्रिन्सिपल भट्टराईले जानकारी दिनुभएको छ ।

२०६४ सालबाट सुरुङ्गामा पठन पाठन सुरु गरेको प्यारागन एकाडेमिले २०६७ सालदेखि एसएलसीमा विद्यार्थी सहभागी गराउन थालेको र त्यसयताका हरेक नतिजाले प्यारागनले स्तरीय नयाँ कृतिमान कायम राख्दै आएको विद्यालयले दाबी गरेको छ ।

प्यारागन एकाडेमी स्थानीय शैक्षिक उद्यमी लक्ष्मण सुवेदीले स्थापना गर्नुभएको थियो । उहाँको अवसानपछि उहाँकै भाइ डिअार सुवेदीले कार्यकारी प्रमुख भएर सञ्चालन गर्दै आउनुभएको थियो। उहाँको पनि सवारी दुर्घटनामा मृत्यु भएपछि विद्यालयको सञ्चालनको जिम्मेवारी स्वर्गीय लक्ष्मण सुवेदीकी पत्नी चम्पाको काँधमा आएको थियो । अहिले उहाँ विद्यालय सञ्चालन समितिको अध्यक्ष हुनुहुन्छ भने विद्यालयको प्रशासनिक जिम्मा लामो समय शिक्षा क्षेत्रमा काम गरेर निपुर्ण बन्नुभएका दीपक भट्टराईले पाउनु भएको छ ।