ठोस खबर / झापामा धानको बीउ उखल्न गएको ठाउमा चट्याङ लागेर एक जनाको मृ*त्युु भएको छ ।

मृ*त्यु हुनेमा गौरादह नगरपालिका वडा न. ८ बस्ने बर्ष ४२ को लिला भन्ने बिकाश गिरी रहेको प्रहरिले जनाएको छ ।

बिकाश गौरीगंज गाउँपालिका वडा नं.३ ठेकिटोला स्थितमा बस्ने सिताराम दाहालको खेतबामा धानको बिउ उखल्न गएको ठाउमा मंगलबार बिहान ८: ४५ बजे चट्याङ लागेर मृ*त्यु भएको र घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्र.नि.को कमाण्डमा SOCO टोली समेत खटि गई थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको प्रहरिले जनाएको छ ।

झापाकै कमल गाउँपालिका वडा नम्वर २ समाईगढमा अाज बिहाननै वर्ष ४६ का राजन खड्कको समेत चट्याङ लागेर मृ*त्यु भएको प्रहरिले जनाछ ।