ठोस खबर / कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित प्यारागन एकाडेमीले विद्यालयबाट २०८० को एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान साथै बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

विद्यालयबाट एसईई २०८० मा ५८ जना बिद्यार्थीले परिक्षा दीएकोमा १२ जनाले ३.६१ भन्दा माथिको जीपीए , २७ जनाले ३.२१ देखि ३.६० सम्म जीपीए , १० जनाले २.८१ देखि ३.२ जीपीए र ४ जनाले २.४१ देखि २. ८ जिपीए सहित ५३ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए । उत्तीर्ण सबै बिद्यार्थीलाई बिद्यालयले शनिबार एक कार्यक्रम गर गरी खादा र अबिर लगाएर सम्मान गर्नुका साथै बधाई शुभकामना ज्ञापन गरेको हो ।

कार्यक्रममा कार्यक्रमको अध्यक्ष तथा प्यारागन एकाडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पा खनाल सुबेदीले बिद्यार्थी हरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै यस अघि कक्षा १० सम्म पठनपाठन हुदै अाएको प्यारागनमा यसै बर्षबाट कक्षा ११ मा व्यवस्थापन समूहमा अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र र लेखा अनिवार्य विषय राखी गणित वा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये कुनै एक र व्यावसायिक अध्ययन अथवा कम्प्युटर विज्ञान मध्ये कुनै एक छनोट गरेर विद्यार्थीले अध्ययन गर्न सक्ने गरि विद्यालयले पठन पाठन सुरु गरेको र यी विषयमा अध्ययन गर्न चाहाने बिद्यार्थीले यहिनै अध्ययन गर्न सक्ने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै नेपाल बैंक लिमिटेड काकरभिट्टाका अधिकृत राम खरेलले वजारमा रोजगारीको अवसरलाई हेरेर विषय अध्यन गर्नुपर्ने समयमा समयको माग अनुसार प्यारागनले बिषय छनौट गरि कक्षा ११ को पठन पाठन सुरु गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । तेस्तै बधाई तथा शुभकामनाकै क्रममा सिद्धार्थ बैंक लिमिटेड सुरुङ्गा शाखाका प्रबन्धक श्याम नेपालले म्यानेजमेन्ट भित्र धेरै सिढी रहेको र जुनसुकै छेत्रमा पनि म्यानेजमेन्टले नै नेतृत्व गर्ने भएकोले बिद्यार्थीको अाकर्षण म्यानेजमेन्ट तिर बढिरहेको अवस्थामा प्यारागमै म्यानेजमेन्ट विषयको अध्यन सुरु गरी बिद्यार्थीलाई अन्यत्र धाएर पढ्नु नपर्ने गरी सुविधा ल्याएकोमा विद्यालय परिवार प्रति अाभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा युनिक क्यापस सुरुङ्गाका अध्यक्ष तीर्थराज खरेले शुभकामना मन्तव्य राख्दै अाजभोली विद्यार्थी हरुमा बिदेश जाने लहड चलेको वताउदै विदेशमा हामीलाई सम्मान गर्न कोहीपनि नबसेको हुदा विदेशै गएर पढ्न परे कम्तीमा पनि १२ वा ब्याचलर सकेर मात्रै त्यस तर्फ सोच्न सुझाउनु भयो । तस्तै बिद्यालयका शैक्षिक संयोजक सीएन भण्डारीले बधाई तथा शुभकामना मन्तव्य राख्दै बिद्यार्थीलाई अाफ्नो रुचि र क्षमता अनुसारको बिषय छनौट गरी ती बिषयमा दक्षवनी राष्ट्र सेवाको क्षेत्रमा योगदान दिन सुझाउनु भयो ।
शिक्षक लक्ष्मी सुवेदीले बधाई तथा शुभकामना व्यक्त गर्दै अाज बधाई शुभकामना दिईरहेका बिद्यार्थीलाई भोली कक्षा ११ मा स्वागत गर्न पनि बिद्यालय अातुर रहेको बताउनु भयो ।


सोही अवसरमा उत्तीर्ण विद्यार्थीहरू मध्येबाट यस अघिनै २०८० मा बीद्यालयमा स्टुडेन्ट अफद एयर घोषित तथा एसइईमा बिद्यालयबाट सर्वोत्कृष्ट जिपिए ३.८६ ल्याउने बिद्यार्थी विधान श्रेष्ठ साथै अर्की बिद्यार्थी सन्ध्या खतिवडाले अाफ्नो अनुभव सुनाउदै बिद्यालय परिवारको अथक प्रयासलेनै अाफुहरुको नतिजा राम्रो अाएको वताउनु भयो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति सदस्य अभिभावक ललिबहादुर बोहरा , कन्काई मावि विज्ञान कार्यक्रम संयोजक साजनकुमार लिम्बू , अस्मिता पब्लिकेसन्स कोशिका कृष्ण उप्रेती , शिक्षकहरु जानम भण्डारी , तेज बहादुर बस्नेत लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले गर्नु भएको थियो ।