लायन्स क्लब अफ कनकाई सुरुङ्गाले गर्यो बिद्यालयमा शैक्षिक सामाग्री बितरण

ठोस खबर / जुलाईको पहिलो दिन अर्थात लायन्स कर्मीहरुको विशेष महत्व बोकेको दीन । लायन्स कर्मीहरुले हरेक बर्षको अभियानको पहिलो दिनको रुपमा लिने गर्छन जुलाई फस्टलाई र अाजैका दिनबाट सुरु हुन्छ लायन्स बर्ष ।
लायन्स बर्षको सुरुवातका दिन हरेक लायन्स क्लबहरुले केहि न केही सामाजिक सेवाको कार्य गरि लायन्स बर्ष सुरु गर्ने गरेका छन । यसैबिच झापाको कनकाई नगरपालिकामा रहेको लायन्स क्लब अफ कनकाई सुरुङ्गाले यहाँ स्थित एक सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेर लायन्स बर्ष २०२४/२०२५ को सुरुवात गरेको छ ।

लायन्स क्लब अफ कनकाई सुरङ्गाले सोमबार जुलाई फस्टका दिन कनकाई नगरपालिका २ मा रहेको पञ्चकन्या प्रविका बिद्यार्थीहरुलाई कापी , पेन्सील , इरेजर , साप्नर लगायतका शैक्षिक सामाग्री बितरण गरेको हो ।
शैक्षिक सामाग्री बितरण गर्दै क्लबका बर्ष २०२४/२०२५ का अध्यक्ष रुपनारायण खतिवडा रमेशले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुले शैक्षिक सामाग्रीको अभावकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने मनसायले यस पटक पञ्चकन्यामा शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।

शैक्षिक सामाग्रीको अभावमा विद्यार्थीहरुलाई गृहकार्य समेत गराउन कठिन भईरहेको अवस्थामा लायन्स क्लवले शैक्षिक सामाग्री प्रदान गरेकोमा बिद्यालयका प्रअ रमेशकुमार राईले धन्यवाद ज्ञापन गर्नु भयो । तेस्तै अाज लायन्स क्लबले सहयोग गरेको शैक्षिक सामाग्री प्रयोग गरी अध्ययन गरेका यी बिद्यार्थीहरुलाई भोलिको दिनमा लायन्स कर्मीले जस्तै सामाजिक कार्य गर्न सक्ने प्रेरणा मीलो भन्दै शुभकामना समेत प्रदान गर्नु भयो ।

क्लबका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष गंगाराम गजुरेल संजय , पुर्व अध्यक्षहरु मनोज बस्नेत , डम्बर थापा साजन , द्वितीय उपाध्यक्ष लोकेन्द्र खड्का पंकज , सचिव विवेक शिवाकोटी , कोषाध्यक्ष पंकज मण्डल , सह सचिव लता चिमरिया, मेम्बर डाइरेक्टर टिकादेवी खतिवडा , मिनु दाहाल , देवि दाहाल , बिद्यालयका प्रअ रमेशकुमार राई , शिक्षकहरु मिना रिजाल , प्रिया कार्की , लिलामाया मगर लगायतको उपस्थित रहेको थियोे । कार्यक्रमको सहजिकरण क्लबका सचिव विवेक शिवाकोटीले गर्नु भएको थियो ।
