एसईईमा नगरमै उत्कृष्ट नतिजा निकालेको कनकाईले बिद्यार्थीलाई गर्यो सम्मान

ठोस खबर / एसईई परीक्षा २०८० मा नगरमै उत्कृष्ट नतिजा निकालेको कनकाई माध्यमिक बिद्यालयले उत्तीर्ण सबै बिद्यार्थीलाई सम्मान गर्दै बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
नगरक्षेत्रभित्रका सबै विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट नतिजा ल्याउन सफलबनेको कनकाई माविबाट एसईई २०८० मा २७४ जना बिद्यार्थीले परिक्षा दीएकोमा १३ जनाले ३.६१ भन्दा माथिको जीपीए , २२ जनाले ३.२१ देखि ३.६० सम्म जीपीए , ४५ जनाले २.८१ देखि ३.२ जीपीए र ३६ जनाले २.४१ देखि २. ८ जिपीए सहित ११६ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए । उत्तीर्ण सबै बिद्यार्थीलाई बिद्यालयले मंगलबार एक कार्यक्रम गरी खादा र अबिर लगाएर सम्मान गर्नुका साथै बधाई शुभकामना ज्ञापन गरेको हो ।

कार्यक्रममा बिद्यालयका प्रअ कर्णबहादुर डाँगीले बिद्यार्थी हरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै देशै भर धेरै बिद्यालयले शून्य नतिजा निकालि रहेको अवस्थामा कनकाई मावि नगरकै उत्कृष्ट नतिजा निकाल्न सफल हुनुमा शिक्षक , बिद्यार्थी र अभिभावकको उत्तिकै मेहनत रहेको बताँउनु भयो ।
उहाँले एसईईमा मात्रै नभएर कक्षा ११ र १२ मा समेत कनकाई माविले उत्कृष्ट नतिजा निकाल्दै अाएको र यहाका बिद्यार्थीहरुले उत्कृष्ट बन्दै नगर स्तरिय , जिल्ला स्तरिय , प्रदेश स्तरिय सम्मान प्राप्त गर्दै अाएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै बिद्यालयका बिद्यार्थी परामर्श तथा सल्लाह सेवा समिति संयोजक शिक्षक चन्द्र विनोद कोईरालाले एसईई उत्तीर्ण गरेपछि बिद्यार्थीहरुमा कहाँ पढ्ने , कुन बिषय पढ्ने , कुन बिद्यालयमा पढाइ राम्रो छ भन्ने कौतुहलता पैदा हुनु स्वभाविक प्रक्रिया भएकोले यदि त्यस्तो अन्यौलमा बिद्यार्थीहरु रहनु भएको भए अाफ्नो रुचिमा कनकाईमा भएको बिषय परे निरन्तर राम्रो नतिजा निकाल्दै अाएको कनकाईमै अध्ययन गर्न सल्लाह दिनुभयो ।

बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सेर्पाले बिद्यार्थीलाई बधाई तथा शुभकामना दिदै यो समय अन्यौलको समय भएकोले कसैको बहकावमा नलागी अाफ्नो क्षमता अनुसारको बिषय छनौट गरी छनौट गरेको विषयमा उत्कृट बन्दै अगाडि बढ्न अनुरोध गर्नु भयो । तेस्तै बिद्यालयका सहायक प्रअ हरि प्रसाद तिम्सिनाले बिद्यार्थी भर्ना अभियानबारे जानकारी गराउदै किन पढ्ने ? फरक के छ ? र कनकाईमै किन ? भन्ने बिषयया प्रष्ट पार्न भयो ।

कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै कन्काई माविका विज्ञान कार्यक्रम संयोजक शिक्षक साजनकुमार लिम्बुले कनकाईमा बिज्ञान , व्यवस्थापन , शिक्षा , मानविकी , कम्प्युटर बिज्ञान लगायतका बिषय छनौट गरी प्लस टु अध्ययन गर्न सकिने र बिद्यालयमा सुविधा युक्त प्रयोगशाला समेत रहेको जानकारी गराउदै यदि बिद्यार्थीको रोजाइका बिषय यिनै भए निर्धक्क कनकाईमा अध्ययन गर्न सुझाव दिनु भयो ।

तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई माविमा कक्षा ८ देखि पढ्दै अाएर अहिले १२ को परीक्षा दिई नतिजाको पर्खाईमा रहेकी कनकाई नगर बाल संजालकी अध्यक्ष अश्लेसा कडेलले बिद्यालयमा अाफुले लिएको अनुभव सुनाउदै बिद्यालयले पढाईका साथै अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउदै पढाइ संगै व्यवहारिक ज्ञानपनि प्रदान गरेकालेनै अाफु अहिले नगर स्तरीय क्लबको नेतृत्व गर्न सक्ने भएको वताउनु भयो ।

बधाई तथा शुभकामना कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बिद्यालयका शिक्षक प्रतिनिधि दिलिप कुमार खतिवडाले प्लस टु पढ्ने वातावरण पनि कनकाईमै भएकोले अाज बधाई शुभकामना कार्यक्रममा स्वागत गरेझै सबै बिद्यार्थीलाई कक्षा एघारमा पनि स्वागत गर्न पाउने अाशा ब्यक्त गर्नु भयो ।
सोही अवसरमा उत्तीर्ण विद्यार्थीहरू मध्येबाट कनकाई नगरमै सर्वोत्कृष्ट जिपिए ३.९१ ल्याउन सफल बिद्यार्थी श्रद्धा गौतमले अाफ्नो अनुभव सुनाउदै बिद्यालय परिवार र अाफ्ना अभिभावकको कुशल निर्देशनलेनै अाफुले नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै सबै प्रति अाभार ब्यक्त गर्नु भयो ।

शिक्षक अजय सेडाई , बिद्यालय व्यवस्थापन समिति सदस्य क्रान्ति सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा बिद्यालयका पुर्व प्रअ गोपीकृष्ण भट्टराई , शिक्षक अभिभावक संघका सदस्यहरु दिपेन्द्र पराजुली , दिपक पाण्डे , लोकेन्द्रराज दाहाल , दुर्गा प्रसाईं , बिद्यालयको अामा समूह उपाध्यक्ष मुना मैनाली गौतम साथै अभिभावहरुको उपस्थिति रहेको थियोे ।बिद्यालयका जेष्ठ अभिभावक देविचरण थपलियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ तिर्थराज खरेलले गर्नु भएको थियो ।
