सरस्वती माविमा दुर्गापुर लायन्सले गर्यो पोसाक वितरण

ठोस खबर / स्थापनाको पहिलो बर्षबाटै सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै अाएको लायन्स क्लब अफ कनकाई दुर्गापुरले कनकाई नगरपालिका २ जामुनबारीमा रहेको सरस्वती माविमा बिद्यालय पोसाक (हाउस ड्रेस) वितरण गरेको छ ।
दुर्गापुर लायन्स दोस्रो वर्षमा प्रवेश गरिरहदा लायन्स बर्ष २०२४/२०२५ को पहिलो दिन जुलाई फस्टमा यस बर्षको सामाजिक अभियानको सुरुवात गर्दै सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई क्लबले पोसाक वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै क्लबका बर्ष २०२४/२०२५ का अध्यक्ष तिलचन रिजालले कक्षा ८ सम्मका बिद्यार्थीलाई नगरलेनै पोसाक वितरण गर्दै अाएको हुदा कक्षा ९ का बिद्यार्थीलाई वितरण गरिएको र कक्षा १० का बिद्यार्थीलाई पनि चाडैनै वितरण गर्ने वताउनु भयो ।
लायन्स क्लबलाई धन्यवाद ज्ञापन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद खनालले नगरले कक्षा ८ सम्मका बिद्यार्थीलाई पोसाक ( हाउस ड्रेस ) दीएको छ तथापी कक्षा ९ र १० का बिद्यार्थीले पोसाक (हाउस ड्रेस) नहुदा संगै बिद्यालय अाउने साथीहरू बिच हाउस ड्रेसका दिन पनि नियमित पोसाकमा अाउनु पर्ने बाध्यता भएका बिद्यार्थीलाई हाउस ड्रेस उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्नु भयो ।

प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बलराम राई प्रताप , बिद्यालयका प्रअ नारायण अधिकारी लगायतले धन्यवाद साथै शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष रमण अधिकारी , तृतीय उपाध्यक्ष ईश्वर किरण सुवेदी , सचिव दिपक कुमार अोली , कोषाध्यक्ष युवराज बोहरा , सह सचिव सरिता अधिकारी , सह कोषाध्यक्ष युवराज अधिकारी , चिफ एड्भाईजर मनोज पोखरेल , बिद्यालयका अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
पोसाक वितरण कार्यक्रममा सहजिकरण क्लबका प्रथम उपाध्यक्ष भुवन खतिवडाले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन बिद्यालयका सहायक प्रअ निर्मल खनालले गर्नुभएको थियो ।
