ठोस खबर / झापाको कमल गाँउपालिका २ क्याम्पामा केन्द्रीय कार्यलय रहि पूर्वका बिभिन्न १३ स्थानमा शाखा बिस्तार गरेर सेवा प्रदान गर्दै अाएको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले अाफ्ना सदस्य परिबारका जटिल रोगका बिरामीलाई राहत रकम हस्तान्तरण गरेको छ ।

संस्थाको सुरुङ्गा सेवाकेन्द्रबाट शेयर सदस्य लिनुभएको झापा गाउँपालिकाकी यमुना राईलाई संस्थाले शुक्रबार शरणामतीमा एक कार्यक्रमका विच स्वास्थ्य राहत कोषबाट नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त रकम कार्यक्रमका प्रमुख अतिथि झापा गाँउपालिका ६ का वडा अध्यक्ष नवीन किशोर थापा , विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल , संस्थाका कार्यकारी प्रमुख रामराज प्रताप भण्डारी , सुरुङ्गा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक रमेश प्रसाद संग्रौला लागयतले हस्तान्तरण गर्नु भएको हो ।

शेयर सदस्य यमुनाको जटिल रोगबाट ग्रसित नातिनी सन्ध्या राईको स्वास्थ्य उपचारकोलागी संस्थाले स्थापना गरेको सदस्य सेवा केन्द्रीत कार्यक्रम अन्तर्गत स्वास्थ्य राहत कोषबाट यमुना राईलाई उक्तरकम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख रामराज प्रताप भण्डारीले जानकारी गराउनु भयो । उहाँले नेपालमा सहकारीलाई पनि महत्त्वपूर्ण अाधार स्तम्भको रुपमा राखिएको जनकारी गराउदै देस संकटमा हुदा रोजिरोटी संगै नागरिकको चुल्हो बाल्ने काममा सहकारीको महत्त्वपूर्ण भुमिका रहेको बताँउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नवीन किशोर थापाले पूर्व नेपालले सामाजिक क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै सहकारी संग जोडिएर असल ढंगले व्यवहार गर्दै गए यमुना राईले जस्तै संकटको घडिमा सहकारीबाट पनि सहयोग पुग्गे बताँउनुभयो । अार्थिक कारोबार संगै सेयर सदस्यको सेवा कार्यमा समेत अग्रसर पूर्व नेपाललाई नाम पूर्व नेपाल भए पनि यस्तै सेवामूलक कार्यक्रम लिएर पश्चिम सम्मै पुग्न सफलता मीलोस भन्ने शुभकामना दिदै थापाले जटिल रोगकी बिरामी सन्ध्या राईको पुर्ण स्वास्थ्य लाभको कामना ब्यक्त गर्नु भयो ।

सन्ध्याको स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष तथा पूर्व नेपाल सहकारीका संस्थापक अध्यक्ष गणेश ढकालले दुई बर्ष यता देशैभर केहि सहकारीहरुमा समस्या सृजना भएको र यसबाट झापा पनि अछुतो नरहेको बताउदै सहकारीहरु सेयर सदस्यको सेवामा केन्द्रीत रहेर कार्यक्रम बनाई अघि बढेमा कुनै समस्या नअाउने र सदस्य केन्द्रीत कार्यक्रम नभएका केही सहकारी हरुमा समस्या देखिएको जानकारी गराउनु भयो । हाल झापामा ३ वटा सहकारी कार्वाहीको प्रकृयामा रहेको र ती सहकारीका संचालकले सेयर सदस्य हरुको रकम फिर्ता गर्न सक्ने अवस्था रहेको पनी ढकालले वताँउनु भयो । पुर्व नेपालको सन्दर्भमा बोल्दै ढकालले ३७ हजार बाट सुरु गरिएको संस्थामा हाल २ अर्व बराबरको ब्यालेन्सिट र २५ करोड पुँजी कोषको रुपमा राखी दर्बिलो संस्थाको रुपमा संचालनमा रहेको जानकारी गराउनु भयो । राहत कार्यक्रम राखी जटिल रोगका बिरामीलाई राहत बितरण गरी रहदा नागरिकलाई रोगै लाग्न नदिन खानपान , सरसफाइ लगायतमा अपनाउनुपर्ने उपायबारे सचेतना मुलक कार्यक्रम सहकारीले ल्याउनु पर्नेमा पनि ढकालले जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा पूर्व नेपाल सहकारीका सुरुङ्गा सेवा केन्द्रका ब्यबस्थापन समिति संयोजक रमेश प्रसाद संग्रौलाले बिरामी सन्ध्या राईको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहकारीमा असल सोच राखेर काम गर्दा फाईदा संगै सम्मान पाउनुका साथै समस्याको बेला सहानुभूति साथै राहत समेत उपलब्ध हुने वताँउनु भयो । तेस्तै अबको समय संगठनको समय भएकोले जब सम्म संगठित हुन सकिन्न तब सम्म केही गर्न नसकिने भन्दै संग्रौलाले सहकारी संग सहकार्य गरेर अघिबढ्न अनुरोध गर्नु भयो । उहाँले झापा गाँउपालिकामा पनि सदस्य सङ्ख्या थप हुदै गए पूर्व नेपालको शाखा स्थापना गरेर यहीँबाट सेवा बिस्तार गर्न सकिने पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा झापा गाँउपालिका ६ का बडा सदस्यहरु सोमनाथ प्रसाईं , तारादेवी विश्वकर्मा , टोल संयोजकहरु कुमार मैनाली , पुष्पा प्रसाईं , चन्द्रा अाले , साना किसान कृषि सहकारीका अध्यक्ष भुवन कार्की , पूर्व नेपालका सन्चालक समिति सदस्य संकेत रेग्मी , कनिष्ठ अधिकृत प्रज्वल वस्ति , निलम पौडेल सेयर सदस्य साथै स्थानियहरुको उपस्थित रहेको थियो ।
उपस्थित सबैलाई स्वागत पुर्व नेपालको सुरुङ्गा सेवाकेन्द्र प्रमुख स्वेता घिमिरेले गर्नुभएको कार्यक्रमको संचालन विभागिय प्रमुख मिलन सापकोटाले गर्नु भएको थियोे ।