चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिका वडा नं. १ प्रजापतिमा रहेकोे पशुपति आधारभूत बिद्यालयका बिद्यार्थीलाई बल्मिकीले शैक्षिक सामाग्री वितरण गरेको छ ।

झापाको बिर्तामोडमा रहेको बाल्मिकी लिङ्कन कलेज परिवारले शैक्षिक सामाग्री कापी , डट्पेन, पेन्सिल लगायतका सामाग्रीहरु बिहिवार बिद्यालयका सम्पूर्ण बिद्यार्थीलाई वितरण गरेको हो ।

बाल्मिकी  कलेजका शिक्षक तथा बिद्यार्थीहरुले नै पुराना आधी छोडिएका कपिका पानालाई जम्मा गरि आफैले निर्माण गरेर बाहिरी कबर तथा बेन्डिङ् गरि नयाँ कपिको तयार गरि  बिद्यार्थीहरुलाई वितरण गरिएको बाल्मिकी कलेजका प्रशासन प्रमुख तथा ईभेन्ट ब्यबस्थापक प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कक्षा नर्सरीबाट कक्षा ५ सम्म अध्यापन हुने  बिद्यालयमा जम्मा ७५ जना बिद्यार्थीहरु अध्यनरत छ्न। 
विपन्न परिवारका  बिद्यार्थीहरु अध्यनरत  बिद्यालयमा ६ जना शिक्षक शिक्षिकाले अध्यापन गराउदै आएको प्राध्यापक खेम कार्कीले जानकारी दिनुभयो ।

बिद्यालयमा अति विपन्न परिवारका नानी -बाबू अध्यनरत रहेका छ्न। बिद्यालयमा नयाँ प्रविधि प्रोजेक्टर माध्यम बाटै पठनपाठन हुँदै आएको प्रधानध्यापक कार्कीले जानकारी दिनुभयो । उहाँले करिब डेड वर्ष अघि देखि आफुले  प्रधानध्यापकको  जिम्मेवारी समाले देखि बिद्यालयमा भौतिक सुधारका प्रयास गरिदै आएको बताउदै प्रदेश तथा  नगरको सहयोगमा  भवनमा छानो परिवर्तन गर्दै रङ्ग रोकन गरेको जानकारी गराउदै चट्याङ तथा विपत्तिले ईलेक्ट्रोनिक सामान फेन , प्रोजेक्टर , नेट , ल्यापटप लगायतका सामाग्री बिग्रेर हैरान पार्ने गरेको सुनाउनुभयो ।

प्रधानध्यापक कार्कीले  बिद्यालयले आगामी दिनमा अझ राम्रो अध्यापन गराउन नगर शिक्षा शाखा ,  जनप्रतिनिधि अविभावक , विभिन्न संघ सस्था , दाताहरुको सहयोग भएमा थप सहज हुने विश्वास  व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बिद्यालयका प्रधानाध्यापक कार्कीले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निम्न आयश्रोत भएका परिवारका भएका र उनीहरुले यस्ता शैक्षिक सामाग्री पाउदा ठुलो राहात हुने भन्दै फेरिफेरि पनि यस किसिमको सहयोगको अपेक्षा गर्दै दाता परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको  प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. १ कि  वडा सदस्य निर्मला खड्काले दाताहरुबाट पाईने यस किसिमको सहयोगले बालबालिकाको मुहारमा देखिने खुशि अन्यत्र नपाईने बताउनुभयो। उहाँले बाल्मिकी लिङ्कन कलेजले गरेको अभियान बाट आफुले पनि केहि सिक्ने मौका पाएको समेत प्रतिक्रिया दिनुभयो । खड्काले सरकारबाट सामुदायिक बिद्यालयलाई सहयोग भईरहेको भए पनि त्यो सहयोग बिद्यालयको आवाश्यकता पुर्ति गर्न पर्याप्त नहुने अबस्थामा बिद्यार्थीका लागी बाल्मिकीले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै आफु र कनकाई नगरको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

दाता परिवारको तर्फबाट कार्यक्रममा बोल्दै .बाल्मिकी कलेजका प्रशासन प्रमुख तथा ईभेन्ट ब्यबस्थापक प्रमुख घिमिरेले आफुहरुले पुन: प्रयोग कसरि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नका लागी अभियान चलाउदै अएको र सोही अभियान अन्तर्गत कलेजका शिक्षक तथा बिद्यार्थीहरुले पुनः प्रयोगकालागी बनाइएको शैक्षिक सामाग्री वितरण गर्न र अरुलाई पनि पुनः प्रयोगमा जागरुक बनाउन पशुपति आभारभुत बिद्यालयमा आएको र फेरि फेरि पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । 

बाल्मिकी कलेजले आजै झापाको बाह्रदशीमा रहेको एक बिद्यालयमा समेत शैक्षिक सामाग्री वितरण गरेको हेड अफ डिपार्टमेन्ट प्रमुख निरज ओलीले जानकारी दिनुभयो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी , अविभावक संघका प्रतिनिधि , अविभावक , शिक्षक शिक्षिका लगायतको सहभागता रहेकोे थियोे भने कार्यक्रम संचालन बिद्यालयका शिक्षक तरुण अधिकारीले गर्नुभएको थियोे ।