क्यान्सर पिडित भुजेलको उपचार सहयोगका लागी अपिल
ठोस खबर / विगत दुइ महिना अघि पित्त थैलिमा समस्या अाई परिक्षण गर्दा मासु पलाई क्यान्सर सुरु भएको थाहा भएको झापाको कनकाई नगरपालिका ४ मनकामना टोल निवासी ४१ बर्षिय तुलसा भुजेल यतिबेला उपचार अभावमा शरिरमा रोग बोकि पिढामा छपटाई रहनु भएको छ ।
जनमन गरि जिविकोपार्जन गर्दै अाएका तुलसाका श्रीमान तेजु भुजेल श्रिमती बिरामी परेपछी काममा समेत जान पाएका छैनन् । बिहान बेलुकाको छाक टार्न समेत नसक्ने अबस्थामा रहेका भुजेलले श्रीमतीको उपचारका लागी स्थानिय सरकार , गाउँ समाज , संघसंस्था , सहयोगी महानुभावहरु माझ जानु भन्दा अर्को विकल्प नभए पछि सबै सामु सहयोगको अपिल गर्दै सहयोग गरेर दुई छोराकी अामा अाफ्नी जिवन संगीनी तुलसाको ज्यान बचाई दिन अनुरोध गर्नुभएको छ ।
तुलसा बिरामि परेपछि उपचारकोलागी सुरुबाटै सहयोग संकलनमा सहयोग गर्दै अाउनुभएका स्थानिय भरत संग्रौलाले अहिले सम्म उपचारका लागि गरिएको प्रयास बारे जानकारी गरँउदै डाक्टरलाई उदृत गर्दै तुलसाको समयमै उपचार गर्न सके उपचार सम्भव हुने वताउनु भएको छ । उहाले रकम अभावको कारण तुलसाको उपचारमा ढिलाई भईरहेको हुदा मानवतको हिसावले सबैले सहयोग गरिदिन अपिल गर्नुभएको छ ।
तुलसा लाई स्थानीय सरकार बाट पाउने सहयोग उपलब्ध गराउन अस्पतालको रिपोर्ट अनिबार्य हुने भएकोले सो रिपोर्टको लागी पहिलो चरणको परिक्षण गर्न अस्पताल सम्म लाने खर्च समेत नभएकोले पाउने सुविधा बाट पनि बन्चित भएकोहुदा सबै सहयोगी मनहरुलाई यसका निमित्त सहयोग गरिदिन विरामिका छिमेकी समेत रहेका कनकाई नगर पालिका ४ का वडा सदस्य मोहन संग्रौलाले अनुरोध गर्नुभएको छ ।
तेस्तै स्थानिय मनोकामना टोल विकास समितिका अध्यक्ष मोहन थापाले टोलका स्थानीयबाट केही सहयोग जुटाएर पहिले उपचारको लागी पठाईएको र क्यान्सरनै भन्ने बुझे पछी ठुलै खर्चको अावाश्यकता परेकाले सम्पूर्ण देशविदेशमा रहनुहुने सहयोगी मन प्रति सहयोगको अनुरोध गर्नुभएको छ ।
यसै बिच तुलसालाई वायोस्पी गरी रिपोर्ट सहितको सिफारिस स्थानिय सरकारमा ल्याउनकै लागी पनि समस्या भएको बुझे पछी कनकाई माविका २०६६ सालका बिद्यार्थीको समुहले रु १५ हजार संकलन गरी विरामिका परिवारलाई हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम हस्तान्तरण गर्दै ६६ को ब्याचका बिद्यार्थी विक्रम घिमिरेले ६६ को ब्याचले फेरिपनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउदै यतिले उपचार सम्भव नहुने भएकाले सबै संग सहयोगको लागी अपिल गर्नुभएको छ ।
विरामिलाई सहयोग जुटाउन अहिले वडा सदस्य मोहन संग्रौला , स्थानिय भरत संग्रौला , गोपाल भेट्वाल , मोहन थापा , गोविन्द चापागाईं , हिमाल बिष्ट , रोजी राई , सावित्रा श्रेष्ठ , सोभा थापा , सरस्वता सिटौला अभियान कर्मी निश्चल खतिवडा लगायतका स्थानीयवासी जुट्नु भएको छ ।
तुलसाको उपचारको लागी सहयोग गर्न ईच्छुकले तुलसाका श्रीमानको ९७०८८२०७२० नम्बरको खल्ति अाईडिमार्फत वा खल्ति क्युअार मार्फत सहयोग गर्न सक्नु हुने छ ।