सुरुङ्गा / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको कनकाई माध्यमिक विद्यालयका पुर्व बिद्यार्थीहरुको समुह कनकाई भूतपूर्व विद्यार्थी समाजको छैठौँ साधारण सभा सम्पन्न भ​एको छ ।

कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर डाँगीको प्रमुख आतिथ्यता तथा कनकाई भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष दिनेश कुमार उप्रेतीको सभापतित्वमा शनिबार कनमाई माविको सभाहलमा उक्त साधारण सभा भ​एको हो ।

सभामा अध्यक्ष उप्रेतीले आर्थिक वर्ष २०८० /०८१ को समाजको कूल आम्दानी रू १,५१,००२ कूल खर्च रू ४७,७९०.९० र बचत रू १,०३,२११.१० भ​एको अडिट रिपोर्ट सार्वजनिक गर्नुका साथै हाल सम्ममा समाजको अक्षयकोषमा जम्मा रू ७,२८,२११.१० रहेको अार्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
त्यस्तै उप्रेतीले आजीवन तथा साधारण सदस्यहरूले सदस्यता शुल्क बापत गर्नुभ​एको सहयोग र कोषवृद्धिका लागि गर्नुभ​एको सहयोग अक्षयकोषमा जम्मा हुने र त्यसको व्याजबापत प्राप्त हुने रकम कनकाई माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरिएको जानकारी दिनुभयो । उहाँले २०७५ सालदेखि २०८० साल सम्म १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको पनि वताउनु भयो ।

यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरू , निशान्त बिमली २०७५, सपना राई २०७५, नवीन शिवाकोटी २०७६, सुमनआचार्य २०७७, अंकिता उप्रेती २०७८ , पूजा बम्जन २०७८, साबित्रा लुइटेल २०७९, क्रीतिका चुडाल २०७९, मुना बास्तोला २०७९ साबित्रा लुइटेल​ २०८०, सुप्रिया लिम्बू २०८०, पूर्णीमा सुवेदी २०८०, आरती तिवारी २०८० रहनस भएको छ भने छात्रवृत्तिको रकम रू १०,००० रहेको छ ।

तेस्तै समाजले २०७६ साल असोज २० गते वृहद सांस्कृतिक कार्यक्रम सहित ४२ जना अग्रज गुरूहरूलाई सम्मान , कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा पूर्व विद्यार्थीहरूलाई आह्वान गरेर आर्थिक सहयोग , पूर्व विद्यार्थी सुमित पाठकलाई नेपाल आइडलमा बिजय गराउन सहयोग आह्वान , पूर्व विद्यार्थी प्रमिला खतिवडाको स्वास्थ्य उपचारको लागि सहयोग सङ्कलन गरी सहयोग गरिएका जस्ता कार्यहरु उप्रेतीले सभामा प्रस्तुत गर्नु भ​एको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि कर्ण बहादुर डाँगीले असहाय र आर्थिक अभावमा अध्ययनलाई निरन्तरता दिन कठिनाई भोगिरहेका विद्यार्थीहरू पत्ता लगाउँदै छात्रवृत्ति दिने समाजको कामलाई मुक्त कण्ठले प्रसंशा गर्दै जुन विद्यार्थीले छात्रवृत्ति पाएकाछन उनीहरूको प्रगती प्रशंसनीय रहेको र छात्रवृत्ति उपलब्धीमुलक भैरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अत्यन्त खुला हृदयले उच्च उद्देश्य बोकेर क्रियाशील कनकाई भूतपूर्व विद्यार्थी समाजले निरन्तर आह्वान गरिरहँदा पनि सबै ब्याचका विद्यार्थी अभियानमा जोडिने प्रक्रिया सन्तोषजनक नहुनु दुखःद भए पनि समयले सबैमा चेतना प्रदान गर्ने कुरामा विद्यालय आशावादी रहेको वताउदै निरन्तर निस्वार्थ कर्म गरिरहन समाजलाई आत्मबल मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै समाजका महासचिव अखिल कुमार कोइरालाले राज्यले सार्वजनिक शिक्षा निशुल्क भनेपनि सार्वजनिक शिक्षालयहरूमा अहिले पनि विद्यार्थीहरू आर्थिक कारणले अध्ययनलाई निरन्तरता दिन नसकिरहेको अवस्था दर्साउदै त्यस्ता विद्यार्थीहरू पहिचान गरेर उनीहरूलाई छात्रवृत्ति दिनु पुर्व बिद्यार्थी समाजको केन्द्रीय काम भएकोले २०६६ सालदेखि त्यही कामको निम्ति पुर्व विद्यार्थी संगठित भ​एको जानकारी गराउनु भयो ।
अहिले सम्म यस अभियानमा ११२ जना जोडिसकिएको र यो संख्यालाई बढाएर लान सबै सदस्यहरूलाई एकजनाले कम्तिमा एकजना सदस्य थप गर्न पनि महासचिव कोईरालाले आह्वान गर्नुभयो भने यो संगठित हुने, दान दिने र असहायहरूलाई अध्ययनको अवसर प्रदान गर्ने पुण्यको काम भ​एकोले यस अभियानमा सबै साथीहरू जोडिदै जान अनुरोध समेत गर्नु भयो ।
यसरी अभियानमाबाट प्राप्त आर्थिक सहयोगबाट एक रूपैयाँ पनि अन्य कामको लागि खर्च नगर्ने , सभा, सम्मेलन, चिया पानी इत्यादि खर्चहरू पनि समितिका सदस्यहरू साथै विद्यालयले गरिरहेकोले साथीहरूको सहयोग दुरुपयोग नहुने कुरामा विस्वस्त रहन पनि सबैलाई कोईरालाले अनुरोध गर्नुभयो ।

तेस्तै साधारण सभाले आगामी २ वर्षे कार्यकालका लागि पुन: पुरानै कार्यसमितिलाई दोहोर्‍याएको छ । समाजको अध्यक्षमा दिनेशकुमार उप्रेतीको रहनु भएको छ भने उपाध्यक्षमा सुजन काफ्ले, महासचिवमा अखिलकुमार कोइराला, सचिवमा मुक्तिनाथ दाहाल​, कोषाध्यक्षमा दिलिपकुमार खतिवडा, सदस्यहरूमा महेन्द्र विश्वकर्मा, निर्मल दाहाल​ , भिष्म मैनाली , राजेन्द्र उप्रेती, चन्द्र पोखरेल र गोमादेवी कार्की रहनु भ​एको छ ।

कार्यक्रममा कनकाई माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाईं र कनकाई बहुमुखी क्याम्पसका प्रधानाध्यापक विकास प्रसाद उप्रेती विशिष्ट अाथिथ्यता रहेको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत उपाध्यक्ष सुजन काफ्ले गर्नु भएको थियोे । कार्यक्रमको संचालन समाजका कोषाध्यक्ष दिलिप कुमार खतिवडाले गर्नुभ​एको थियो ।