स्वर्णलक्ष्मी सहकारी सुरुङ्गा शाखाको १५ औं बार्षिक साधारण सभा सम्पन्न
ठोस खबर / झापाको दमकमा केन्द्रीय कार्यलय भई झापाका विभिन्न स्थान र मोरङ्गमा समेत केहि स्थानमा सेवा केन्द्र बिस्तार गरिसकेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्सिक साधारणसभा सुरु भएको छ । संस्थाको ईकाई १ अन्तर्गत शनिबार झापाको सुरुङ्गामा १५ औं साधारणसभा सम्पन्न भएको छ ।
झापाको कनकाई ३ स्थित कनकाई उध्योग वाणिज संघ सभाहलामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ को कार्यवाहक वडाध्यक्ष कृष्णमाया भुजेल , अतिथि कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल दोमुखा बहुउद्देश्यीय सहकारी संस्थाका सचीव खगेन्द्र प्रसाद खनाल , कनकाई उध्योग वाणिज संघका कोषाध्यक्ष राजकुमार शाहा वडा नंं. ३ का पुर्व वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
संस्थामा चारवटा सेवाकेन्द्रमा पाँच हजार छ सय पाँच पुरुष चार हजार तीन जना महिला र अन्य तेह्र गरि नौ हजार छ सय एक्काईस जना सदस्य रहेकोे सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।
हाल संस्थामा चुक्ता शेयर पुजी ११ करोड ११ लाख ९८ हजार १ सय रुपैयाँ , कोष हिसाब १३ करोड ९५ लाख ६२ हजार ४ सय २५ रुपैयाँ , कुल बचत हिसाब ७३ करोड १० लाख ५५ हजार १ सय ४० रुपैयाँ , कुल रिण लगानी ९९ करोड ५२ लाख ६६ हजार ३ सय १० रुपैयाँ ,
खुद बचत १ करोड ६७ लाख १७ हजार ३ सय ६९ रुपैयाँ र कुल कारोबार १ अर्व १६ करोड १६ लाख ९८ हजार ८ सय ४२ रुपैयाँ पुगेको अध्यक्ष बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सप्ताहव्यापी सुरु भएको कार्यक्रम आउदो शनिबार दमकमा समापन गरिने सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । सोही दिन विभिन्न विधामा शेयर सदस्य , उत्कृष्ट कर्मचारी , पत्रकार , पुर्व संचालकहरु , कक्षा १२ मा उत्तीर्ण छात्र -छात्रा लगायतलाई सम्मान तथा पुरस्कृत गरिने पनि सुरुङ्गा सेवा केन्द्रका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
सुरुङ्गा सेवा केन्द्रका संचालक सदस्य कमल थपलियाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले गर्नुभएको थियो ।