ठोस खबर / समाजसेवी दुर्गा नेम्वाङ्गको पहलमा झापाको शिवसताक्षी नगरपालिका १ मा रहेका विभिन्न खेलकुद समितिलाई खेलकुद सामाग्री वितरण गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका १ शुक्रवारे बजारमा शनिबार एक कार्यक्रम गरी विभिन्न खेलकुद समितिलाई व्यडमिटन, भलिवल, फुटबल तथा खेलाडीका लागी आवश्यक जर्सी वितरण गरिएको हो ।

“ग्रामीण क्षेत्रमा खेलकुदको विकास,दुर्व्यसन न्यूनिकरणको निकास” भन्ने नाराका साथ लागू औषध दुर्व्यसन विरुद्ध सचेतनाका लागी खेलकुद सामाग्री वितरण गरिएको अायोजक तथा कार्यक्रमका अध्यक्ष दुर्गा नेम्वाङले जानकारी गराउनु भएको छ ।
युवाहरू दिनानुदिन लागू औषध दुर्व्यसनीमा फसिरहेको र त्यसलाई खेलकुदको माध्यम बाट बाहिर निकान्ल र सभ्य समाज निर्माण गर्नका लागी यो कार्यक्रम सहयोगी बन्न सक्ने पनि नेम्वाङ्ले वताउनु भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी सन्देसले राज्य र प्रहरीको प्रयासले मात्र दुर्व्यसन न्यूनिकरण गर्न सम्भव नहुने भन्दै यसका लागी सबै मिलेर लागे मात्र दुर्व्यसन न्यूनिकरण गर्न सकिने बताउनु भयो ।

तेस्तै समाज बाट लागू औषधको न्युकिरण गर्ने एक मात्र उपाय भनेको खेलकुद भएको र खेलकुदको माध्यम बाट मात्र समाजमा लागु औषधका साथै विभिन्न प्रकारका आपराधिक घटनालाई न्यूनिकरण गर्न सकिने भन्दै यसका लागी समाज सेवी दुर्गा नेम्वाङ्ले गरेको कामको प्रशंसा गर्दै झापा जिल्लालाई दुर्व्ययसन मुक्त जिल्ला बनाउन झापाका सबै पालिका लागिपरेको शिवसतासी नगरपालिकाका प्रमुख मेघहाङ्ग थोप्रा रोशनले बताउनु भयो ।

कार्यक्रममा संबोधन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) चन्द्र कुबेर खापुङले सभ्य समाज निर्माणका लागी समाजसेवी दुर्गा नेम्वाङले चाल्नु भएको कदमको प्रसंशा गर्दै खेलकुदले शारीरिक साथै मानसिक विकास गर्ने भएकोले हरेक युवालाई खेलकुदमा जोड्नु पर्ने बताउनु भयो ।

तेस्तै झापा मात्र नभएर कोशी प्रदेश भरिनै अहिले लागूऔषध प्रयोग कर्ता बढी रहेका र यसलाई न्यूनिकरण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने हुदा अव प्रत्येक घरघर बाट यसको न्यूनिकरणमा जुट्नु पर्ने वेला आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका सचिव डिकेश लामा, सतासीधाम जेसिजका अध्यक्ष दारुमान राई, खेलाडी रविन थापा, दूधे बजार व्यवस्थापन समितिका अध्यक्ष तथा युव उद्यमी सन्तोष थोप्रा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शिक्षासेवी , समाजसेवी , संचारकर्मी , खेलाडी साथै स्थानियको बाक्लो उपस्थित रहेको थियोे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत समाजसेवी ज्ञानेन्द्र तिम्सिनाले गर्नु भएको थियो भने संचालन संचारकर्मी देशराज नेम्वाङले गर्नुभएको थियोे ।