सुरुङ्गा , २७ भदौ  / विभिन्न क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालि सकेका समाजसेवी युवराज संग्रौलाको नेतृत्वमा अागामी कार्यसमिति चयन गर्दै झापाको कनकाई- ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा विहिवार सुरुङ्गा स्थित उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।

सभाले अध्यक्षमा स्थानीय समाजसेवी युवराज सङ्ग्रौलालाई सर्वसम्मत निर्वाचित गरेको हो । सङ्ग्रौला झापा उद्योग वाणिज्य सङ्घ सुरुङ्गाका पूर्व अध्यक्ष, कनकाई उद्योग वाणिज्य सङ्घ झापाको संस्थापक अध्यक्ष, साविक डाँगीवारी गाविस वडा नं. ४ को निर्वाचित वडाअध्यक्ष (२०५४) लगायतका जिम्मेवारी पुरा गरेका निडर र प्रष्ट वक्ताका रूपमा परिचित छन् ।
सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कनकाई घाट लगायतका संस्थामा आबद्ध रही सफल नेतृत्व प्रदान गरिसकेका सङ्ग्रौलाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन भएको छ ।

संस्थाको उपाध्यक्षमा तोमप्रसाद बारकोटी र सचिवमा नरेन्द्रप्रसाद फुयाँल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः हिरण्यकुमार राई, दुर्गाप्रसाद चापागाईँ, गीतादेवी पाण्डे (भेट्वाल), धर्मप्रसाद उप्रेती, गोमादेवी कार्की र योगेन्द्र खतिवडा रहेका छन् ।

सोही अवसरमा संस्थाको लेखा सुपरीवेक्षण समिति समेत सर्वसम्मत रूपमा चयन भएको छ । जसको संयोजकमा लीलाप्रसाद उप्रेती र सदस्यहरूमा क्रमशः कुलबहादुर बस्नेत र अम्बरबहादुर कार्की चयन भएको निर्वाचन उपसमितिले जनाएको छ । ईश्वरीप्रसाद शिवाकोटीको संयोजक साथै सदस्यद्वय देवीप्रसाद बाँस्तोला र अम्बिका महत उप्रेती सदस्य रहेको निर्वाचन उपसमितिले उक्त नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

संस्थापक अध्यक्ष तिलचन्द्र उप्रेतीको विशेष पहलमा २०५७ को पुस १४ गतेदेखि सेवा सुचारु गरेको संस्थामा स्थापनाकालमा २५ जना शेयर सदस्य रहेकोमा हाल १ हजार ६ सय ९१ शेयर सदस्य भइसकेको र २ लाख ५० हजार शेयर पुँजी लगानी गरी सञ्चालनमा ल्याएको भगवती साकोसमा हाल शेयर पूँजी ३ करोड ७९ लाख ५८ हजार सात सय् रुपैयाँ पुगेको कार्यालय व्यवस्थापक महेन्द्रप्रसाद सापकोटाले जानकारी दिएका छन ।

सभामा संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०८०/०८१ मा २४ करोड ४१ लाख ७५ हजार अाठ सय बराबरको जम्मा पुँजी तथा दायित्व रहेको हिसाब समेत प्रस्तुत गरेका थिए , लेखा समिति संयोजक लीलाप्रसाद उप्रेतीेले आ. व. २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले अध्यक्ष  र लेखा संयोजकको उक्त प्रतिवेदन पारित समेत गरेको छ । त्यसै गरी सभाले आ.व. २०८१/०८२ को वार्षिक कार्ययोजना तथा कार्यक्रम पनि पारित गरेको छ ।

त्यसैगरी, सभामा कार्यविधिहरूमा समय सापेक्ष आवश्यक संशोधन तथा पुनरलेखन पनि गरिएको छ । सभाले ऋण व्यवस्थापन कार्यविधि–२०८१, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यविधि–२०८१, शेयर सदस्यता नीति तथा कार्यविधि–२०८१, बैठक सञ्चालन तथा सेवा सुविधा सम्बन्धी कार्यविधि–२०८१, उपसमिति व्यवस्थापन कार्यविधि–२०८१ र कोष परिचालन कार्यविधि–२०८१ पारित गरेको छ ।

संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , विषेश अतिथि कनकाई नगरपालिका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल अतिथिहरु भिमसेन सहकारी संस्थाका सचिव तेज प्रसाद प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई माबिका अध्यक्ष चन्द्रप्रसाद प्रसाई , सुरुङ्गा साकोसका उपाध्यक्ष कमल मैनाली , सतलोक साकोसका अध्यक्ष सुवास भण्डारी , कनकाई धार्मिक विकास संस्थाका प्रतिनिधि भरत संग्रौला , गोकुल कृतन सत्सङ्ग समितिका खेमनाथ अधिकारी , पाथिभरा परोपकार संस्थाका अध्यक्ष निलकृष्ण सेडाई , प्रणामी मन्दिर टप्पुका ईन्द्र प्रसाद उप्रेती , संस्थाका ,सल्लाहकार , शेयर धनि लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव लीलाप्रसाद भेटवालले गरेका थिए ।