नेपाल भारत मैत्री संघ द्वार बिद्यालयका विद्यार्थीको निशुल्क अाँखा परिक्षण

ठोस खबर / नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको अायोजना , अाईकेयर फाउन्डेसनको अार्थिक सहयोग साथै मेची अाँखा अस्पतालको प्राविधिक सहयोगमा विभिन्न विद्यालयका बिद्यार्थीहरुको निशुल्क अाँखा परिक्षण गरिएको छ ।

बच्चाको अाँखामा चस्मा लागे नलागेको अभिभावक तथा शिक्षकहरुलाई थाहा नहुने र बच्चामा चस्मा लागेको छ तर उपचार पाएको छैन भने त्यस्तो बच्चाको अाँखा अल्छी हुने वा त्यस्ता बच्चाले अाँखा नदेख्ने हुनाले बाल अन्धोपन न्युनिकरण र निराकरण गर्ने उदेश्यले बच्चाहरु भेलाहुने क्षेत्र बिद्यालयमा निशुल्क अाँखा परिक्षण कार्यक्रम अायोजना गरीएको अायोजक संस्था नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका अध्यक्ष अर्जुन बोहोराले जानकारी दिएका छन ।
झापा क्षेत्र नं. ४ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको अाँखा परिक्षण गर्न तय गरिएको कार्यक्रम अन्तर्गत भाद्र १९ गते कनकाई नगरपालिका १ स्थित नवयुग शीक्षा निकेतनमा कनकाई नगरपालिकाका नगर प्रमुख , राजेन्द्रकुमार पोखरेलबाट उद्घाटन गरी सुरु गरिएको अाँखा परिक्षणमा पहिलो चरणमा कनकाईका ७ वटा बिद्यालयका ७ हजार भन्दा बढि बिद्यार्थी , शिक्षक र कर्मचारी समेतको अाँखा परिक्षण गरिने पनि अध्यक्ष अर्जुन बोहोराले वताएका छन ।

नवयुगबाट सुरु गरिएको अाँखा परिक्षण पशुपति अङ्ग्रेजी माबि , प्यारागन एकाडेमीमा समेत सन्चालन भईसकेको छ भने कार्यक्रम अन्तर्गत भाद्र २७ र २८ गते कनकाई नगरपालिका ४ स्थित झापा मरिगोल्डमा सन्चालन गरिएको र अन्य विद्यालयमा पनि अभियान निरन्तर रहने संस्थाका सचिव गोमा देवि कार्कीले वताईन ।
मेरिगोल्डमा १२ सय भन्दा बढि बिद्यार्थी , शिक्षक र कर्मचारीको निशुल्क अाँखा परिक्षण गरिएको छ भने अावाश्यकता अनुसार निशुल्क अौषधि वितरण गरिएको छ । जसमध्ये २७ जना लाई चस्मा लगाउनु पर्ने र ३७ जनाको थप परिक्षणको लागि अाँखा अस्पतालनै लैजान रिफर भएको छ । बिद्यार्थीलाई मेचि अाँखा अस्पतालमा लगी थप परिक्षण गरी अावाश्यक्ता अनुसारको पावरको चस्मा समेत निशुल्क प्रदान गरिने संस्थाका उपाध्यक्ष यदु अधिकारीले जानकारी गराएका छन ।
अाई केयर फाउन्डेसनको अार्थिक सहयोगर मेचि अाँखा अस्पतालको प्रविधिक सहयोगमा सन २०२४ मा ५० हजार बालबालिकाको निशुल्क अाखँ परिक्षण गरी अौषधी र चस्मा समेत निशुल्क प्रदान गर्ने लक्ष रहेकोमा अहिले नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको अायोजनामा यो अभियानलाई समेत जोड्दै कार्यक्रम सन्चालन गरिएको मेचि अाँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी गराएका छन ।

स्वास्थ्य शिविरमा मेचि अाँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराको संयोजनमा दृष्टि बिशेषज्ञ अमित कुमार सिंह , नेत्र अधिकृत होम प्रसाद धिताल , नेत्र नर्स पुजा खतिवडा , नेत्र सहायक अदिति फागो , परामर्शदाता ममता राजवंशी , अप्टिसियन अगस्ट हाँस्दा , सहयोगी मनिष विक लगायतको टोलिले सेवा दिदै अाएको छ ।
शिविरमा नेपाल भारत मैत्रि संघ सुरुङ्गाका महिला उपाध्यक्ष कविता बस्नेत , कोषाध्यक्ष श्याम कुमार पौडेल , सह सचिव ईन्द्रहरि भट्टराई , सह कोषाध्यक्ष रिता रोक्का उप्रेती , सदस्य धनन्जय फुयाल लगायतका संसथाका पदाधिकारीहरुको सक्रिय सहभागीता रहदै अाएको छ ।

अाफ्नो बिद्यालयमा दुइ दिन सम्म निशुल्क अाँखा शिविर सन्चालन गरी सबै बिद्यार्थी , शिक्षक साथै कर्मचारी समेतको अाँखा परिक्षण गरी अौषधि बितरण गर्नुका साथै थप उपचार गर्नुपर्ने गरिको समस्याको समेत निशुल्क सेवा प्रदान गर्ने अायोजक नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखा , अार्थिक सहयोगी संस्था अाईकेयर फाउन्डेसन , साथै प्राविधि सहयोग गर्ने मेची अाँखा अस्पताल परिवारलाई झापामेरीगोल्डका पिन्सिपल गोकुल उप्रेतीले अाभार सहित धन्यवाद ज्ञापन गरेका छन ।
