रोटरीले गर्यो सितुमारी मनोज मितल प्राविका बिद्यार्थीलाई पोसाक बितरण

ठोस खबर / रोटरी क्लब अफ सुरुङ्गाले ६० अौं राष्ट्रिय वाल दिवसको अवसर पारेर सोमबार झापा गाउपालिका १ स्थित सितुमारी मनोज मितल प्राविका सबै बिद्यार्थीलाई नियमित बिद्यालय पोसाक बितरण गरेको छ ।

बिद्यार्थीलाई पोसाक वितरण गर्दै रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले अधिकांस संथाल समुदायका बालबालिका अध्ययन गर्दै अाएको ग्रामिण क्षेत्रमा रहेको सितुमारी प्राविका विद्यार्थीहरु नियमित बिद्यालय पोसाकको अभावमा रहेको र बिद्यालय पोसाककै कारण पठन पाठनमा समेत असर परिरहेको अबस्था बिद्यालयमा भएको थाहा पाएपछि यसको सहजिकरणका लागी क्लबले बिद्यालय पोसाक वितरण गरेको वताउनु भएको छ ।

कार्यक्रमको अौचित्यमाथी प्रकाश पार्दै रोटरी क्लब डिस्ट्रिक ३२९२ अाधारभुत शिक्षा तथा साक्षरता समिति सदस्य सुशील श्रेष्ठले रोटरी अन्तर्राष्ट्रिय संस्था समाजिक क्षेत्रमाकाम गर्ने उदेश्यले नै स्थापना भएको र सन्सारबाट पोलियो उन्मुलन गर्ने प्रभावकारी संस्थाको रुपमा संसार भर चिनिदै अाएको जानकारी गराउदै संसारमा क्लबले शिक्षा , स्वास्थ्य , पर्यावरण , सामाजिक गतिविधिहरुलाई अगाडि बढाउदै सन्सार भरिनै काम गर्दै अाएको वताउनु भयो । उहाले अप्ठ्यारोमा परेका बालबालिका , शिक्षा अार्जन गर्न नसकेका बालबालिका र असक्त बालबालिकाहरुलाई विविध बिषयमा सहयोग गर्दै संसार भरि संस्था विस्तार गरिसकेको बताउदै रोटरी क्लब अफ सुरुङ्गाले पनि यस्तै सामाजिक काम गर्दै अाएको जानकारी गराउदै सोही कार्यक्रम अन्तर्गत यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीले पनि क्लबको सानो सहयोगले भविष्यमा केही गर्न सकुन भन्ने उदेश्यले बिद्यालय पोसाक वितरण गरिएको वताउनु भयो ।

सरकारबाट अाधारभुत कुराको ब्यवस्थापन भएको भएपनि तेतिले मात्रै पुर्ण नहुनाले निजि बिद्यालयको तुलनामा सामुदायिक बिद्यालय पुग्न नसकी रहेको अबस्थामा सामुदायिक बिद्यालयलाई पनि अघिबढाउन पर्छ भन्ने उदेश्यले सामुदायिक बिद्यालयहरुमा क्लबले काम गर्दै अाएको वताउदै रोटरी क्लबका रिजन ७ का एसिस्टेन गभर्नर कुमारमणी पोखरेलले क्लबले सुद्ध खानेपानी , सरसफाई , वृक्षारोपण, स्वास्थ्य लगायतको क्षेत्रमा बिद्यालयलाई सहयोग गर्न सकिने पनि वताउनु भयो ।

तेस्तै कार्यक्रममा बोल्दै क्लबका पुर्व अध्यक्ष टिकाप्रसाद जम्मर कट्टेलले शीक्षीत भएरनै बिभिन्न क्षेत्रमा उच्च तहसम्म पुग्न सकेका ब्यक्तित्वहरुको उदाहरण प्रस्तुत गर्दै सबै जातजातिलाई शिक्षालेनै अगाडि बढ्ने अवसर प्रदान गर्ने भएकोले सबै अभिभावकहरुलाई नानीबाबुहरुको शिक्षामा गम्भीर बनिदिन अनुरोध गर्नुभयो ।

बिद्यार्थीलाई पोसक वितरण गर्न अायोजना गरिएको कार्यक्रममा झापा गाउपालिकाको कार्यपालिका सदस्य हरिमाया गहतराज , वडा नं. १ का वडा सदस्य कमल बहादुर लिम्बू , बिद्यालय ब्यवस्थापन समिति सदस्य भुपनारायण राजवंशी , पिटिए अध्यक्ष अशोककुमार राजवंशी , शिक्षकहरु कुन्दन कुमार राय , रिता भण्डारी , उमा कार्की , निशा राजवंशी , रोटरी क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्ष खेम प्रसाईं, प्रेसिडेन्ट ईलेक्ट डिल्लीराम मैनाली , सेकेन्ड भाईस प्रेसिडेन्ट अखिल कुमार कोईराला , बिद्यालयका अभिभावक लगायतको उपस्थित रहेको थियोे ।

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन क्लबका सचिव सोमनाथ उप्रेतीले गर्नु भएको थियोे भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौड्यालले नेपाल भारतको सिमाक्षेत्र तेस्मा पनी अधिकांश अभिभावकहरु कृषि पेसामा निर्भर रहनुपर्ने बाध्यता रहेको बिद्यालयका बिद्यार्थीलाई पोसाक बितरण गरी फलदायी काम गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाले अहिले विभिन्न क्लबहरु गठन गरि डोनरहरुबाट डोनेसन लिई फाईदा उठाएर सामाजिक कार्यमा काम गर्ने क्लबलाई समेत असर गरिरहेको अबस्थामा पनि रोटरी क्लबले निरन्तर सामाजिक कार्य गर्न सफल भएको बताउदै अागामी दिनमा पनि यस किसिमको सेवा निरन्तर रहन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

सरकारबाट पाइने छात्रवृतिको रकमले नियमित बिद्यालय पोसाक वितरण गर्न नसकिरहेको बेला रोटरी क्लब अफ सुरुङ्गाले पोसाक वितरण गरेकोमा बिद्यालयका प्रअ प्रदिप कुमार गणेशले सहयोगी संस्थामा अावद्ध सबैप्रति अाभार सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
