चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिकाले जारी गरेको सूचनालाई वेवास्था गरि अव ढुंगागिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने चार ओटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यलयले सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

कनकाई नगरपालिकाले गत असोज १ गते नै सूचना जारी गर्दै टेन्डर प्रक्रिया अझै बाकी रहेकाले कनकाई नगर क्षेत्र भएर बहने बिरिङ्ग खोलाबाट नदिजन्य पदार्थ उत्खनन नगर्न सूचना जारी गरिएको थियो । उक्त सूचनालाई वेवास्था गरि खोलाबाट अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने चार अोटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कनकाई नगर परिसरमा राखिएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाले जनाएको छ ।

नगरपालिकाले ढुवानी व्यावसायिहरुलाई ढुवानीका लागी तत्काल खोलामा नजान सूचना गर्दागर्दै त्यसको वेवास्था गरि खोलामा गएका ट्याक्टरलाई नियन्त्रणमा लिएर नगरपरिसरमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले पुष्टि गर्नुभयो । २ वटा ट्याक्टर लोड तथा अरु २ वटा ट्याक्टर लोड गर्ने अवस्थामा फेला परेका थिए । उहाँले ढुवानी व्यसायीहरुले नगरको सूचनालाई नटेरेकाले नियन्त्रणमा लिनुपरेको र आवश्यक कार्वाहीका लागि नियम कानुन अनुसार छ्लफल गरि अघि बढ्ने जानकारी दिनुभयो । खाली ट्याक्टरलाई ईलाका प्रहरी कार्यलय सुरुङ्गा , नगरपालिका , ट्राफिक प्रहरीसहित एक पटकलाई चेतावनी सहित फिर्ता दिने र अन्य लोड भएका ट्याक्टरलाई अझै छलफल गरि अघि बढ्ने पनि श्रेष्ठले जानकारी गराउनु भयो । पछिल्लो समय ईलाका प्रहरी कार्यलय सुरुङ्गा र ट्राफिक बिट सुरुङ्गाको टोलि अझ धेरै सक्रिय हुँदै गएको पाईएको छ।