ठोस खबर / झापाको कनकाई नगरपालिका स्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहले सोमबार वनको सभा हलमा २३ अौ टोल प्रतिनिधि भेला सम्पन्न गरेको छ । भेलाले अागामी असोज १६ गते बुधबार लाई साधारण सभाको मिति समेत तय गरेको छ ।

वन समुहको सभाहलमा सम्पन्न वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरु र सल्लाहकार समेतको उपस्थितिमा भएको भेलामा वनका अध्यक्ष ख्याम ओलीले अार्थिक बर्ष २०८०/२०८१ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यस्तै अध्यक्ष अोलिले अागामी अार्थिक बर्ष २०८१ / २०८२ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै वजेट निर्माण गर्दा वन संरक्षण , संवर्धन , तथा विकासमा कुल बजेटको ५० प्रतिशत छुट्याई बाँकी रहेको बजेटलाई १०० प्रतिशत मानी सोही अनुरुप वजेट निर्माण गरिएको बताउनु भयो ।

त्यसैगरी वन समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले समुहमा बार्षिक रुपमा वन पैदावर , गैह्र वन पैदावर तथा अार्थिक बर्ष २०८०/२०८१ को बैक तथा नगद मौजातबाट समेत अाम्दानि हुने २०८१/२०८२ को अनुमानित ४ करोड १४ लाख ६६ हजार तिन सय दुई रुपैयाँ बराबरको कार्यय‍ोजना समेत समेटिएको अार्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस बजेटमा अनुदान अन्तर्गत १ करोड रुपैयाँलाई मुख्य बजेटमा समावेस नगरी पर्यापर्यटनमा खर्च गर्ने गरी विनियोजन गरिएको पनी कोषाध्यक्ष खरेलले बताउनु भयो ।
भेलामा अान्तरिक लेखा परिक्षणको प्रतिवेदन अान्तरिक लेखा परिक्षण समितिका सदस्य माधव प्रसाद ढकालले प्रस्तुत गर्नुभएको थियोे ।

भेलाले अध्यक्ष अ‍ोली , कोषाध्यक्ष खरेल र अान्तरिक लेखा परिक्षण समितिका सदस्य माधव प्रसाद ढकालबाट प्रस्तुत भएका प्रतिवेदनमा व्यापक छलफल गरी सर्वसम्मतले पारित गरेको संस्थाका कार्यलय सचिव नेत्र भट्टराईले जानकारी गराउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुदायिक वनले सुरु गरेको बिज्ञान पार्क पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण योजना भएकोले सफल बनाउन सबैले होस्टेमा हैसे गर्नु पर्ने बताउदै यसमा कनकाई नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि कनकाई नगरपालिकाको उपमेयर अाशाशर्मा शिवाकोटीले प्रस्तुत कार्ययोजना अनुसारको बिज्ञान पार्क बनिसक्दा सो पार्क कनकाईको गहना बन्ने वताउनु भयो । उहाले वनले सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याउने कार्यक्रहरु महिला लक्षित साथै अपाङ्ग मैत्री हुनुपर्नेमा समेत जोड दिनुभयो ।

भेलामा कनकाई सव डिभिजन वनका साहायक वन अधिकृत याम राना , वनका सल्लाहकारहरु यमनाथ सेडाई , भीष्म मैनाली , हरिभक्त सिटौला लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राख्नुभएको थियोे भने कनकाई नगरपालिका ३ का वडा सदस्य अनिल गोयल , २ का वडा सदस्य नरहरी थपलिया , सल्लाहकार ख्याम कार्की लगायतको अातिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन समुहकी सचिव मान्ता काफ्ले खरेलले गर्नुभएको थियोे ।