पुरक परिक्षामा सबै बिद्यार्थी उतिर्ण भएपछी सिंहदेवि परिवार उत्साहित

कनकाई / यसै बर्ष देखि मात्रै एसईई परिक्षामा सामेल झापाको कनकाई नगरपालिका ४ टेक्रास्थित सिंहदेवि माविका विद्यार्थीहरु २०८० सालको एसईईको पुरक परिक्षामा सतप्रतिशत उर्तिण भएपछि विद्यालय परिवार उत्साहित भएको छ ।
यस अघि नियमित परिक्षामा उक्त विद्यालयका सबै विद्यार्थी अनुतिर्ण भएको भनेर सर्वत्र आलोचना भएको थियो । तर हालै सार्वजनिक पुरक परिक्षामा सामेल सबै विद्यार्थीले सत प्रतिशत नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक भोलानाथ ढुङ्गेलले जानकारी दिनुभयो ।
विद्यालयबाट परिक्षामा सहभागि सबै २९ जना विद्यार्थी्ले उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दधिराम न्यौपानेले बताउँनुभयो । पहिले त कतै हाम्रा शिक्षकहरुले पो राम्रो अध्यापन गराउँनु भएन कि ? हाम्रा विद्यार्थीले पो राम्रो अध्यान गरेनन कि भनेर हामी चिन्तित थियौ तर सबै विद्यार्थीहरु राम्रो नतिजा ल्याएर सत प्रतिशत उत्तीर्ण भएसगै हाम्रा सबै जिज्ञासाको अन्त्य भएको छ, स्कुलले लय समातेको छ हामी अभिभावकमा खुसी ल्याइदिएको छ शिक्षक अभिभावक संघका अध्यक्ष दधिराम न्यौपाने कुमारलले बताउँनुभयो ।
यता विद्यालयले सत प्रतिशत नतिजा ल्याएसगै विद्यालयमा देखिएको सबै भ्रमको पर्दा हटेको विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष बालकृष्ण ढकालले बताउँनुभयो ।
