झापा , ११ असोज / झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित चमरभित्तामा शुक्रबार खोलाले एक बालिका बगाएको छ ।

चमरभित्ता बाट जमुवा खोलाको कज्वे तरेर झकुवा टोल आउने क्रममा अन्दाजी दिउसो ३:३० बजेको समयमा स्थानिय पन्चु राजवंशीको छोरी बर्ष अन्दाजी १४ की नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको प्रहरिले जनाएको छ ।
खोलाले बगाएर वेपत्ता भएकी नेहारिकाको स्थानिय , प्रहरी चौकी घेराबारीको प्रहरी र ससस्त्र प्रहरीबल नेपालको टोलीले खोजतलास गरिरहेको जानाइएको छ ।