झापा , ११ असोज / झापाको कमल गाउँपालपका कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबि एकजना बेपता भएका छन ।

बेपत्ता हुनेमा कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने रमेश चौधरीको छोरा बर्ष ३५ को टिकाराम चौधरी रहेको झापा प्रहरिले जनाएको छ । चौधरी शुक्रबार अन्दाजी साझ ६ बजेको समयमा कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबि हराएको वताइएको छ ।
हराएका चौधरीको स्थानिय र प्रहरिले टोलिले खोजी गरिरहेको जिल्ला प्रहरी झापाले जनाएको छ ।