संगीत साधना कलाकेन्द्रले गर्यो सांगीतिक दशै मिलन कार्यक्रम

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको एक मात्र स्थापित सास्त्रीय संगीत बिद्यालय संगित साधना कलाकेन्द्रले विजया दशमीको अवसरमा बुधबार संगीतीक प्रस्तुति सहित दशै मिलन कार्यक्रम सम्पन गरेको छ ।
कलाकेन्द्रको अध्यक्ष तुलसा तिम्सिना पाठकको अध्यक्षता र लोक गायक तथा सर्जक अनिरुद्र अोलिको प्रमुख अातिथ्यतामा कला केन्द्रको सभाहलमा सम्पन्न सांगीतिक प्रस्तुति सहितको दशै मिलन कार्यक्रममा कलाकेन्द्रका बिद्यार्थीहरुले देवि स्तुति सहित विभिन्न विधाका गितहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अनिरुद्र अोलिले शुभकामना मन्तव्य राख्दै यो कलाकेन्द्र सुरुङ्गाको शान भएको वताए । उनले विद्यार्थीहरुलाई कलाकारले निरन्तर साधना गर्नु पर्ने भन्दै निरन्तर साधनामा समर्पित हुन अनुरोध समेत गरेका छन ।
विगत लामो समयदेखि संगित साधनालाई अङ्गाल्दै अाएका यस कलाकेन्द्रका संस्थापक धुर्व पाठकले यहाँ संगीत सिकेका बिद्यार्थीहरुले देश विदेशमा ख्याति कमाउन सफल भएको सुनाउदै बिद्यालय परिवारको मेहनत र प्रशिक्षार्थीको अथक साधनाकै कारण यो सम्भव भएको बताए ।
अतिथिहरु संगितकार कुमार पालुङ्गा , गायक सन्तोष रायमाझी , सञ्चारकर्मी सिएम शर्मा लगायतले शुभकामना मन्तव्य राख्दै संगित साधन कलाकेन्द्रले राष्ट्रिय स्तरका कलकारहरु उत्पादन गर्दै अाएकोमा कलाकेन्द्र परिवारलाई धन्यवाद सहित अागामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकार राजु तामाङ , अभिभावकहरु लिला ढकाल , धनमान विश्वकर्मा , सन्चालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियोे । उपस्थित सबैलाई स्वागत कलाकेन्द्रका सचिव दिलिप खतिवडाले गरेका थिए भने संचालन सह सचिव लेखनाथ गुरागाईले गरेका थिए ।
