ठोस खबर, २६ माघ / ‘देश बदल्न शिक्षा बदल्नु पर्छ’ भन्ने मुल नाराका साथ झापामा पहिलो पटक शिक्षामा क्रान्ति अभियानले तदर्थ समिति गठन गरेको छ ।

शिक्षामा क्रान्ति अभियानले झापाको कनकाई स्थित सुरुङ्गामा रहेको कनकाई बहुमुखी क्याम्पसमा शनिवार आयोजना गरेको प्रथम जिल्ला भेलाबाट झापा जिल्ला तदर्थ समिति गठन गरेको हो ।
अभियानले सन्तोष राईको संयोजकत्वमा ५१ सदस्य समिति गठन गरेको छ । समितिको सचिवमा सरस्वती चम्लागाई रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा लीलाराज झापाली, खड्ग तिम्सिना (पवन), राजकुमार ओली, अनिल सुवेदी, संजय राई, रामकुमार उपाध्यय, डिल्ली पोखरेल, बिष्णु भट्टराई, बिनोद थापा, नविन सिटौला, गणेश राई, रबिन मैनाली, सुवास सुवेदीलगायत ५१ सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन भएको छ ।

केही समय अघिदेखि सामाजिक सञ्जालमा ‘शिक्षामा क्रान्ति’ का बिषयमा आफ्नो धारण प्रस्तुत गर्दै आउनुभएका शिक्षामा क्रान्ति अभियानका केन्द्रिय संयोजक गगन पुरीको उपस्थितिमा देशमै पहिलो पटक झापामा अभियानको गठन भएको हो ।

समितिमा झापाका १५ वटै पालिकाबाट बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति, अभिभावकको प्रतिनित्वि हुने गरी नेतृत्व चयन गरिएको छ ।

अभियानका केन्द्रिय संयोजक गगन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै पुरिले नेपालको मौलिकताको आधारमा शिक्षा प्रणाली हुनु पर्ने बताउनु भएको छ । शिक्षाको पाठ्यक्रमले समाजवाद नदेखे देशमा समाजवाद नआउने बताउँदै पुरीले शिक्षाको पाठ्यक्रम बदल्नु पर्ने धारणा राख्दै राख्नुभएको छ । 

उहाले अनउत्पादन, अब्यवहारिक, केवल सैद्धान्तिक शिक्षा अव नचाइने भन्दै बैज्ञानिक, उत्पादन मुलक, खोजमुलक, सिर्जनशील, आत्मनिर्भर, सीपमूलक शिक्षा प्रणालीको आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख बिकास उप्रेतीले सर्वसम्मत चयन भएको समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्ति गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत कनकाई बहुमुखी क्याम्पसका सञ्चालन समिति सदस्य बिष्णु बिमलीले गर्नुभएको थिय भने कार्यक्रमको सञ्चालन अभियानको झापा सचिव सरस्वती चम्लागाईले गर्नुभएको थियो ।