विश्व भर रहेका नेपाली भाषि लक्षीत गायन र नृत्यको रियालिटी शो हुदै

बिर्तामोड , २७ माघ / विश्वभरमा छरिएर रहेका नेपाली भाषि गित संगितप्रेमीहरुलाई लक्षित गरि हालसम्मकै ठुलो धनराशी पुरस्कार रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिताको आयोजना हुने भएको छ ।
हरेक बर्ष आयोजना हुने यो प्रतियोगिताको दोस्रो संकरण भएको र यसबर्ष समेत नेपाल तथा विश्वका विभिन्न नेपालीभाषिहरुको वसोवास रहेको स्थानहरुमा अडिशन सुरु हुन लागेको आईतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
अघिल्लो संकरण सन २०२३ मा सम्पन्न भएको थियो ।
पुर्वका लागि आगामी चैत २ र ३ गते विर्तामोडमा डान्स र गायन दुबैको अडिशन राखिएको प्रतियोगिताका नेपाल तथा भारतका संयोजक तथा कलाकार राजेश घतानीले बताउँनुभयो ।

विश्वभरबाट अडिशन हुने र छनौट भएका उत्कृष्ट प्रतिस्पर्धीहरुलाई काठमाण्डौमा ल्याई प्रतिस्पर्धा गराईने र दुबै विधाका उत्कृष्ट प्रतिस्पर्धी घोषणा गरी प्रथम हुनेलाई जनही १ करोड नगद, दोस्रो हुनेलाई नगद २५ लाख तथा तृतीय हुनेलाई नगद १० लाख रुपैँया प्रदान गरिने तथा समुहगत नृत्य विधामा प्रथम हुने टिमलाई समेत प्रथम हुनेलाई २० लाख, दोस्रो हुने टिमलाई नगद १० लाख र तृतिय हुने टिमले नगद ५ लाख नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा आयोजक इन्ट्रा नेशनल बेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका प्रतियोगिता संयोजक राम बानियाले बताउँनुभयो ।
विश्वभरका नेपालीभाषिहरुले आफ्नो कला र सस्कृति खासमा नेपाली भाषालाई नभुलुन भनेर उक्त प्रतियोगिता गरिएको र यस प्रतियोगितामा सहभागि हुनका लागि नेपाली मुलको हुनु अनिवार्य गरिएको समेत बानियाले बताउँनुभयो ।
प्रतियोगिता तर्फ मेरो भ्वाइसमा निर्णायकहरुमा गायक दिप श्रेष्ठ, शिव परियार, अन्जु पन्त र पुष्पन प्रधान तथा संगितकार सुरेश अधिकारी रहनुहुने यसैगरी मेरो डान्स युनिभर्समा कलाकार मिथिला शर्मा, दिलिप रायमाझि, शिल्पा मास्के र कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहनुभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगिताका लागि चर्चित उद्घोषक रिमा विश्वकर्मा, नरश भट्टराई, राजा राजेन्द्र र नम्रता श्रेष्ठले सञ्चालन गर्दै हुनुहुन्छ ।
यस रियालिटी शो लाई नेपाल टेलिभिजनबाट प्रशारण गरिने समेत जनाइएको छ । दुबै विधाका प्रतिस्पर्धाका लागि नेपालको बिर्तामोड, काठमाण्डौ, पोखरा र नेपालगञ्ज तथा विदेशका लागि भारतको सिलगुडी र मुम्बई, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ्ग, दुबई, कतार र अष्ट्रेलियामा अडिशन हुने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
दुबै विधाका लागि १ सय २० जनाका दरले २४० जनालाई एकसाथ प्रतिस्पर्धाका लागि काठमाण्डौमा लगिने समेत जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गितकार शिवशंकर थापाले यस्ता प्रतिस्पर्धाले नेपाली कला सस्कृतिको जर्गेना हुने तथा झापाका कलाकारहरुले यहि अडिशन हुदा बढी फाईदा पुग्ने बताउँनुभयो ।
बिर्तामोडको टाईमलेश होटलमा सञ्चालन भएको पत्रकार सम्मेलनमा नायक कलाकार सुबास मेचे, संगितकार धुर्व पाठक, कृष्ण योञ्जन, झलक मगर, देवनारायण भारती, कार्यक्रम संयोजक राम बानिया, रुपक ओडारी लगायात झापाका विभिन्न संगित विद्यालयहरुका सञ्चालकहरुको आतिथ्यता रहेको थियो ।