कनकाई / झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माविको ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ ।

विद्यालय परिसरमा बिहिवार झापा क्षेत्र नम्बर ४ ख का प्रदेश सभासदस्य तथा पुर्व मन्त्री समेत रहनुभएका भक्तिप्रसाद सिटौलाले उल्घाटन गर्नुभएको द्विदीवसिय वार्षिकोत्सवमा गायन , नृत्य , कल्चर फेसन शो, अंग्रेजी स्पिच, नेपाली स्पिच, नृत्य, नाटक प्रदर्शन , रमाईला खेल लगायतका प्रस्तुति सहित कनकाई माविको वार्षिकोत्सव तथा स्थापना दिवस मनाइएको हो ।

वार्षिकोत्सवको दोस्रो दिनको कार्यक्रम झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद साँवा (एलपी) को प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षक–कर्मचारी, उत्कृष्ट विद्यार्थी तथा पुरस्कारका लागि कोष स्थापनाकर्ता लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको थियोे ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तिलचन्द्र उप्रेती, पूर्व प्रधानाध्यापक आशा शर्मा शिवाकोटी, सञ्चरकर्मी रामप्रसाद निरौलालाई सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयले नौ जना शिक्षक र एक जना कर्मचारीलाई उत्कृष्ट शिक्षक तथा सम्मान गरेको छ ।
स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सेवा निवृत्त शिक्षक गंगाराम खतिवडा, सहायक प्रअ तीर्थराज खरेल, मावि शिक्षक चन्द्रविनोद कोइराला, निमावि शिक्षक बन्दना गुरागाईं, हेमन्तिका उप्रेती, लक्ष्मीकान्त कर्ण, गोपाल तामाङ, प्राथमिक शिक्षक जीवेन्द्र घिमिरे र युञ्छोक कन्दङ्वा र कर्मचारी राजु पाठकलाई सम्मान गरेको हो ।

विद्यालयमा स्थापित अक्षयकोषाट उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा विद्यालयका छात्रवृत्ति संस्थापकहरुलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नंं ४ का सांसद लालप्रसाद साँवा (एलपी ) , प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर मल्ल, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, नगर शिक्षा समिति सदस्य नवलकिशोर दत्त, शिक्षक अभिभावक संघका अध्यक्ष खगमाया चापागाईं, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, नेकपा एमाले कनकाई नगर अध्यक्ष गोकर्ण ओझा, विद्यालयका सल्लाहकार दुर्गाप्रसाद प्रसाईं, आदर्श विद्या मन्दिर माविका प्रअ चन्द्रमोहन उप्रेती लगायतले शुभकामना मतव्य राख्नुभएको थियो ।


विद्यालयका शिक्षक दिलिपकुमार खतिवडाले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीले पिटी प्रदर्शन, स्काउटबाट सलामी अर्पण गरेका थिए ।

प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको आर्थिक, शैक्षिक, भौतिक गतिविधि सहित भावि कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा आवश्यकीय कक्षा कोठाको अभावले विहानी र दिवा सत्रमा विद्यालय सञ्चालन गरिरहनुपरेको बाध्यता बताउँनुभयो । प्रअ डाँगीले हाल कनकाई माविमा ८८ जना शिक्षक कर्मचारीले कार्य गरिरहेपनि सरकारबाट ५१ जना मात्रै दरबन्दी प्राप्त भएको भन्दै विद्यालय सञ्चालनमा समस्या रहेको बताउँनुभयो । उहाँले हाल विद्यालयमा २३  सय भन्दा वढी विद्यार्थी अध्यानरत्त रहेको तर सरकारले आवश्यक दरबन्दी दिएको खण्डमा केहि बर्षभित्रै ५००० विद्यार्थी विद्यालयमा अध्यानमा रहने समेत प्रअ डाँगीले बताउँनुभयो ।

विभिन्न चरणमा भएको कार्यक्रममा सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी, हरिप्रसाद तिम्सिना, भीमप्रसाद दाहाल, संगीता उप्रेती, टीकाराम चिमरिया, हेमन्तिका उप्रेती, पवित्रा सुवेदी, जनार्दन उप्रेती, अम्बिका उप्रेती, विद्यार्थी लगायतले संचालन गर्नुभएको थियो ।