कनकाईबाट सहभागी स्काउट प्रादेशिक ज्याम्बोरेटका विजेतालाई सम्मान

ठोस खबर , ९ फागुन / गत माघ २५ गते देखी २८ गते सम्म बिराटनगरमा भएको स्काउटको चौथो प्रादेशिक ज्याबोरेट कार्यक्रमा कनकाई नगरपालिकाबाट सहभागी भई प्रतियोगितातात्मक विभिन्न विधामा पुरस्कृत हुनेहरुलाई कनकाईमा सम्मान गरिएको छ ।
बिराटनगरमा कोशी प्रदेश भरिका स्काउटरहरुको सहभागीतामा ज्याबोरेट कार्यक्रम आयोजना भएको थियोे । सो अबसरमा नृत्य , चित्रकला , फुडप्लाजा , मार्च पास भेषभुषा लगायतका विधामा प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा कनकाइ नगरबाट सहभागी भएको स्काउट टोलिले नृत्य तर्फ प्रथम , चित्रकला तर्फ द्वितीय र मार्चपास तर्फ सान्त्वना स्थान हासिल गर्न सफल भएको थियोे ।

सोही टोलिलाई शुक्रबार कनकाई ३ सुरुङ्गा स्थित ग्लोबल एडुकेयरको प्राङ्गणमा एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख तथा स्थानिय स्काउट संरक्षक राजेन्द्रकुमार पोखरेल , नगर उपप्रमुख तथा स्थानीय स्काउट अध्यक्ष आशा शर्मा शिवाकोटी , अतिथिहरु स्काउटका प्रदेश कानुन , शुसासन तथा वित्त श्रोत प्रमुख समर्पण खतिवडा , कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेती , जानकी बिद्यालयको प्रअ ईन्दिरा पाठक , सरस्वती माविका प्रअ नारायण अधिकारी , भृकुटी माविका प्रअ चण्डीका उपाध्याय , ज्ञानमाला एकाडेमिका संचालक गोपाल सङ्ग्रौला , ग्लोबल एडुकेयरका संस्थापक विशाल तामाङ्ग लगायतले मेडल ट्रफी र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।

कार्यक्रममा ज्याम्बोरेटबाट नगरले प्राप्त गरेको प्रमाण पत्र र ट्रफी नगरप्रमुख तथा स्काउट संरक्षक पोखरेललाई हस्तान्तरण गरीएको थियोे भने कनकाई नगरबाट स्काउटर नारायण योगीको संयोजनमा ज्याबोरेटमा सहभागी हुनजाने १४ जना स्काउट शिक्षकलाई सम्मान गर्नुका साथै १२ विद्यालयका सहभागी १४९ जना स्काटका बिद्यार्थीलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियोे ।

कार्यक्रममा स्वागत साथै अौचित्यमाथि प्रकाश पार्दै स्काउटका संयोजक नारायण योगीले ज्याम्बोरेटमा सहभागी भई पुरस्कार विजेतावनी नगरको शान उच्चवनाएकोमा सहभागीलाई सम्मान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले कार्यक्रम सहभागी हुनका लागी नगरले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको लागि अनुरोध गर्नु भयो ।
कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि पोखरेलले हुर्कदैगरेका बालबालिकामा अनुशासन हिनता बढ्दै गएको अबस्थामा स्काउटले अनुशासन र एकताको पाठ सिकाउने भएकोले पनि अवको समयमा समाजलाई सहिबाटोमा डोर्याउनका लागि स्काउट शीक्षा अपरिहार्य रहेको बताउनु भयो । उहाँले अघिल्लो बर्ष कनकाईमा स्काउटलाई वजेटबाटै सहयोग नगरिएको भएपनि ज्याम्बोरेटमा सहभागी हुदा सहयोग गरिएको र आउदो बर्षबाट यसको विकासका लागि वजेटबाटै सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भयो ।
स्काउटका प्रदेश कानुन , शुसासन तथा वित्त श्रोत प्रमुख समर्पण खतिवडा , कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेती लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा ज्याम्बोरेटमा प्रथम भएको नृत्य समेत प्रस्तुत गरिएको थियोे ।
सिनियर स्काउटर , स्काउट मास्टर राधा केसिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्काउटर मोहन थापाले गर्नुभएको थियोे ।
