ठ‍ोस खबर , ९ फागुन / विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा शनिबार विशिस्ट व्यक्तिहरुको सहभागी रहने जनाएको छ।

गत आइतबार बाट आगामी १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। महायज्ञमा भक्तजनहरुको भिड बढ्न थालेको छ । जारी महायज्ञमा दिनप्रतिदिन भक्तजन बढ्दै गएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो । यसैबीच शनिबार भोलि विशिस्ट व्यक्तिहरुको आगमन हुने जनाएको छ। शनिबार भारतको सिकिम राज्यका पुर्व स्वास्थ्य मन्त्री डा. मनिकुमार शर्मा , डा.जजमान गुरुङ , सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चेवन्नाथ ढकाल, अछाम जिल्ला कमल बजार नगरपालिका ढाकुका मेयर यज्ञ प्रसाद ढकाल, सोही उद्योग वाणिज संघका अध्यक्ष कृष्णप्रसाद ढकाल , ईलामको माई नगरपालिका नगर प्रमुख खम्बासिङ्ग लिम्बू , प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा सहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
महायज्ञमा मुख्य कथा वाचकमा पुराणाचार्य पन्डित दुर्गा प्रसाद ढकाल तथा उपवाचकमा व्यासचार्य डेगनाथा ढकाल रहनुभएको छ।

विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा जारी महायज्ञमा सहभागी भएर पूण्य आर्जन गर्न अध्यक्ष डिल्लीराम ढकालले आग्रह गर्नुभयो ।

नेपालमा करिब सात/ आठ लाख र विश्वभरि करिब २४/२५ लाख ढकाल बन्धुहरु छरिएर रहनुभएको समाजका उपाध्यक्ष एवम् वंशावली निर्माण समितिका संयोजक उमानाथ ढकालले बताउनुभयो ।

देशभर १७ वटा ढकाल बन्धुका संस्था दर्ता रहेको र हालसम्म ढकाल बन्धुहरुको २५ पुस्तासम्म रहेको विवरण संकलित भएको उहाँले बताउनुभयो । उपमन्यु ऋषिका सन्तानका रुपमा रहेका ढकाल बन्धुहरुलाई एकसुत्रमा बाँध्नका लागि महायज्ञको आयोजना गरिएको ढकाल बन्धुका अग्रज युबनाथ ढकालले जानकारी दिनुभयो

सरकारले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने लागेको र देशभरका ८२ वटा गन्तव्यमध्ये कोटिहोम पनि एउटा रहेकाले यहाँको धार्मिक पर्यटनलाई प्रबद्र्धनमा समेत महायज्ञले टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अनुष्ठानबाट बचत भएको रकमबाट ढकाल बन्धुको भवनको माथिल्लो तलामा धर्मशाला निर्माण गर्ने योजना आयोजकको रहेकोे छ।

महायज्ञमा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया लगायत विश्वभर रहेका ढकाल बन्धुहरुको सहभागिता रहेकोे अध्यक्ष ढकालले बताउनुभयो ।

फागुन १५ गते विश्राम, पूर्णाहुती, समापन, तिलक प्रसाद वितरण एवं सम्मान कार्यक्रम गरी अनुष्ठान सम्पन्न गरिनेछ ।

भक्तजनको इच्छा अनुसार तुलादान, विवाह, धान्यन्वल, व्रतबन्ध, लक्ष्यवतीका प्रज्वलन, चौराशी पूजा, नौ ग्रहको पूजा, चिना हेर्ने इच्छुक व्यक्तिले अझै पनि कर्ता बस्न सकिने, ढकाल बन्धुका एकमात्र कुलका धामी ढाक अक्षामका देवानन्द ढकाल र कुलका पुजारी चन्द्रकान्त ढकालद्वारा जोखाना हेर्ने, झारफुक गर्ने र कुलको विषयमा पूजापाठ सम्बन्धि ज्ञान उपलब्ध गराइनेछ भने महायज्ञमा श्रद्धापूर्वक सहयोग गर्ने दानविर दातालाई सम्मान गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।