धनीपुर्जा वितरण सम्बन्धि आयोगको टोली संग कनकाईमा छलफल

चन्द्र बस्नेत ,१० फागुन / भुमि आयोगको टोली संग झापाको कनकाई नगरपालिकामा छलफल भएको छ । नगरको सभाहलमा कनकाई , बिर्तामोड , शिवसताक्षि नगरपालिका र कमल गाउँपालिकाको टोली संग भुमि आयोगको टोलीले छलफल गरेको हो ।
आयोगको टोलिमा भुमि समस्या समाधान आयोगका प्रमुख हरिप्रसाद रिजाल, भुमि समस्या समाधान आयोगका बिज्ञ डा. जगत बस्नेत ,भुमि समस्या समाधान आयोगबाट अनिल कृष्ण प्रसाईं, आरति भण्डारी ,कोशी प्रदेश नापी अधिकृत संजिवकुमार शाहा, जिल्ला अध्यक्ष मोहन प्रसाद अधिकारी ,उप सचीव गोकुल ढुङ्ङ्गेल लगायत छलफलमा सहभागी हुनुभएको थियोे ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको छ्लफल कार्यक्रममा सहभागीहरुलाई नगर उप प्रमुख आशाशर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियोे ।कार्यक्रममा बोर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महत्तरा प्रसाईं , उप प्रमुख नगेन्द्र सङग्रौला, कनकाई नगरका सम्पूर्ण वडा अध्यक्ष कार्यपालिका सदस्य , वडा सदस्य , नगर भुमि आयोगका कर्मचारी , बिर्तामोड , शिवसताक्षि नगरपालिका र कमल गाउँपालिका जनप्रतिनिधि लगायत छ्लफल कार्यक्रममा सहभागी हुनुभएको थियोे ।
कार्यक्रममा कनकाईमा भुमिहिनहरुका लागि अहिलेसम्म गरेको प्रगति विवरण भुमी शाखाकी कर्मचारी रन्जिता गौतमले टोलीलाई जानकारी गराउनुभएको थियोे ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा भुमिहिन दलित ३ सय ७७, भुमिहिन सुकुम्बासी २ हजार ३ सय २९ र अव्यवस्थित बसोबास गर्ने ४ हजार ४ सय २५ जना गरि कुल ७ हजार ९१ जना भुमिहिन, दलित तथा अव्यवस्थित बसोबासीको धनीपुर्जा वितरणको तयारी गरिएकोमा हालसम्म ८१ जनाको मात्रै धनीपुर्जा बितरण गरिएको जानकारी गराउनुभएको थियोे ।
कनकाईमा ८ हजार ७ सय ७८ कित्ताको संङ्ख्यामा निवेदन परेकोमा ७ हजार ५१ घर धुरी रहेको त्यस्तै १ हजार ५ सय ३१ कित्ता नापी भएको १ हजार १७ कित्ताको भेरिफिकेशन गरिएको र अब ७ सय ४२ निवेदनको अन्तिम सूचना प्रकाशनको तयारीमा नगरपालिका जुटेको जानकारी नगरप्रमुख पोखरेलले गराउनुभएको थियोे ।
कतिपय कानुनी झन्झट र महगो शुल्कका कारण खासमा अव्यवस्थित बसोबासीको धनीपुर्जा बितरणमा समस्या आएको नगरप्रमुख पोखरेलले भनाई रहेको थियोे ।
कार्यक्रममा भुमि समस्या समाधान आयोगका बिज्ञ डा. जगत बस्नेतले कनकाई नगरपालिकाले अहिलेसम्म गरेको प्रगतिको खुलेर प्रसंसा गर्दै जतिसक्दो चाडो धनीपुर्जा वितरण गर्न सुझाव दिनुभएको थियोे ।
नगरपालिकामा आयोजित कार्यक्रममा आयोगको टोलिले कनकाईमा आगामी बैशाख अगाडी नै ५ सय भन्दा धेरैलाई जग्गा धनीपुर्जा उपलब्ध गराउने प्रतिवद्वता जनाएका थिए ।