ठोस खबर , १३ फागुन / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित भगवती बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिवसिय निशुल्क आँखा शिविरबाट २ सय ५९ जना सेवाग्राही लाभान्वित हुनुभएको छ ।

भगवती बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा मेचि आँखा अस्पताल बिर्तामोडको विशेषज्ञ सहितको प्राविधिक सहयोगमा मंगलबार साकोसको भवनमा आयोजना गरिएको शिविरमा २ सय ५९ जनाले सेवा लिनु भएको शिविर संचालन उपसमितिको सदस्य गिता भेट्वालले जानकारी दिनु भयो ।

शिविरमा २ सय ५९ जना स्थानीयको आँखा परिक्षा गरिएकोमा १२ जना अप्रेसन गर्नुपर्ने गरिको समस्या देखिएकालाई निशुल्क अप्रेसनका लागि मेची आँखा अस्पताल रिफर गरिएको र अन्यलाई अौषधी र चस्मा आवाश्यकता अनुसार निशुल्क वितरण गरिएको शिविर सन्चालन समिति संयोजक नरेन्द्र फुयालले जानकारी गराउनु भयो ।

झापाको कनकाई नगरपालिका ३ (साविक सुरुङ्गा ५) मा यस क्षेत्रमै पहिलोपटक २०५७ सालमा यहाँका व्यवसायीहरुबाट स्थापना भएको भगवती बचत तथा ऋण सहकारी संस्थाले बैंकीङ्ग कारोबारका साथै समाज प्रति उत्तरदायी बन्दै विभिन्न सामाजिक कार्यमा सहभागी बन्दै आएको संस्थाका अध्यक्ष युवराज संग्रौलाले जानकारी गराउनु भयो ।
यसरी सामाजिक क्षेत्रमा सहभागिता जनाईरहदा स्वास्थ्य शिविरलाई संस्थाको बार्षिक कार्यक्रममै समावेश गरि स्वास्थ्य शिविर संचालन गर्दै आँएको र यस बर्ष संस्थाको रजत बर्षसमेतको अवसरमा स्थानिय नागरिकलाई आँखा सम्बन्धि रोगको उपचारमा सरसहयोग पुगोस् भन्नेे उदेश्यले निशुल्क आँखा शिविरको आयोजना गरिएको पनि अध्यक्ष संग्रौलाले जानकारी गराउनु भयो ।

संस्थाको कार्य क्षेत्र भित्रका ब्यक्तिलाई प्रोत्साहित गर्दै , स्वास्थ्यको समस्या सबैको साझा समस्या भएकोले र सबैले यो सेवा पाउनु पर्छ भन्ने आसयले स्वास्थ्य परिक्षणमा संस्थाका शेयर सदस्यलाई मात्रै नभई सेवाको दायरा फराकिलो बनाउदै कार्य क्षेत्र भित्रका नागरिकलाई खुल्ला रुपमा सेवा प्रदान गरिएको संस्थाका प्रवन्ध निर्देशक महेन्द्र सापकोटाले जानकारी गराउनु भयो ।

शिविरमा मेचि आँखा अस्पतालको नेत्र सहायक कविता कडरियाको नेतृत्वमा नेत्र सहायक निरज दाहाल , शमिक्षा साह , आई हेल्थ वर्कर ईन्दु अधिकारी , मनिशा योङ्हाङ र फार्मेसिस्ट मन्दिप शुनुवार सहित ६ जनाको समुहले आँखा परिक्षण गर्नुका साथै आवाश्यक परामर्श प्रदान गरेको थियो ।