पशुपतिको खेलकुद सप्ताह सम्पन्न

ठोस खबर , १३ फागुन / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको यस क्षेत्रकै पुरानो निजि बिद्यालय पशुपति अङ्ग्रेजी बिद्यालयले फागुन पहिलो हप्ताबाट सुरुगरेको खेलकुद सप्ताह मंगलबार सम्पन भएको छ ।
बिद्यालयको खेल मैदानमा आयोजित समापन समारोहमा बिद्यालयका अभिभावक सहितको विभिद खेलकुद प्रतियोगिता संगै सप्ताह भरिको खेलकुद प्रतियोगिताका विजेता हरुलाई पुरस्कार प्रदान गर्दै बिद्यालयको खेलकुद सप्ताह सम्पन्न भएको हो ।

बिद्यालयले खेलकुद सप्ताह भरि सबै तहका बिद्यार्थीहरुको लागी फुटबल , भलिबल , क्रिकेट , टेवलटेनिस , ब्याडमिन्टन , दौड , तातो आलु , पुच्छर तान्ने , पानी भर्ने , सियोमा धागो उन्ने , चम्ची रेस , भ्यागुतो रेस , म्याथ रेस , चक्लेट रेस , स्लो साईकल रेस , लङ जम्प , हाई जम्प , छेलो लगायतका २५ भन्दा बढी बिधामा प्रतियोगिता आयोजना गरेको थियो भने सबै बिधाका विजेता बिद्यार्थी लाई समापन समारोहमा मेडल सहित पुरस्कार वितरण गरिएको थियो ।
सोहि अवसरमा बिद्यालयले गायन तर्फ आन्तरिक प्रतिस्पर्धामा छनौट गर्दा पशुपति तारा बन्न सफल सृष्टि खरेल , फस्ट रनर अफ नविना पौडेल र सेकेन्ड रनर अफ कृस्मा खरेललाई समेत ट्रफि प्रदान गरेको थियो ।

समापन समारोहमा गरिएको अभिभावकहरुको खेल प्रतियोगिताका बिजेतालाई समेत ट्रफि प्रदान गरिएको थियो । अभिभावक तर्फ पुरुष सय मिटर दौड प्रतियोगितामा रमेश बाबु मैनाली प्रथम , विष्णुप्रसाद प्रसाईं द्वितीय र हेम राई तृतीय हुनुभएको थियो भने महिला तर्फ बविता अधिकारी प्रथम , हिरा भण्डारी द्वितीय र टिकामाया घिमिरे तृतीय हुनु भएको थियोे ।
त्यसै गरि पुरुष अभिभावकको टायर रनिङ प्रतियोगितामा विष्णुप्रसाद प्रसाईं प्रथम , दिपेन्द्र बुढाथोकी द्वितीय र ख्यामराज खरेल तृतीय हुनु भएको थियो । प्रतियोगितामा बल ड्रविङ्ग पनि रहेको थियोे जसमा दिपेन्द्र बुढाथोकी विजयी बन्नु भएको थियो ।
महिला अभिभावकको सियोमा धागो उन्ने प्रतियोगितामा हिरा भण्डारी प्रथम , चर्चिता खतिवडा द्वितीय र यसोदा ढकाल तृतीय बन्नु भएको थियोे ।

बिद्यार्थी , अभिभावकहरुको प्रतियोगितात्मक खेलले खेलमय बनेको पशुपतिमा शीक्षकहरुको खेल प्रतियोगिताले झनै मनोरञ्जन थपेको थियो ।
शिक्षक तर्फ पुरुष र महिलाको सय मिटरको दौड प्रतियोगिता भएको थियो जसमा पुरुष तर्फ विवेक अधिकारी , चन्द्रकान्त पौडेल र तुलसी प्रसाद शर्मा क्रमशः प्रथम , द्वितीय र तृतीय हुनु भएको थियोे भने महिला तर्फ ज्योति सुब्बा , कन्चन घिमिरे र निर्जला ओली क्रमशः प्रथम , द्वितीय र तृतीय हुनु भएको थियोे ।
प्रतियोगितामा विजेता सबैलाई कार्यक्रमका प्रमुख अतिथि कनकाइ नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेती , विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद उप्रेती , पिन्सिपल एलपी उप्रेती , अल्माइटी पशुपति एजुकेसन फाउन्डेसन प्रालिको अध्यक्ष गोमा उप्रेती , डा.मनिस उप्रेती , बिद्यालय ब्यवस्थापन समिति सदस्यहरु पुण्यप्रसाद वाह्रकोटी , झलक सीटौला , भिमा ओली उप्रेती लगायतका अतिथिहरुले ट्रफि वितरण गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै बिद्यालयका पिन्सिपल एलपी उप्रेतीले बिद्यालयले बिद्यार्थीको सर्वाङ्गीण उन्नति प्रगतिको लागि विभिद गतिविधि गर्दै आएको वताउदै बिद्यालयका सम्पूर्ण तहका बिद्यार्थीको सर्वोत्र वृद्धि विकासकालागि स्वास्थ्यमा , मनोबिज्ञानमा र अनुशासनमा पनि विकसित हुनुपर्छ भन्ने हेतुले यस अघि पनि खेलकुदका कार्यक्रम गर्दै आएको भएपनि यस बर्ष बाट खेलकुद सप्ताहकै रुपमा कार्यक्रम सुरु गरिएको जानकारी गराउनु भयो । यसको लागि बिद्यालयले खेल मैदान भाडामा लिएर खेलकुद गराउदै आएको पनि उप्रेतीले वताउनु भयो ।
समयको माग अनुसार खेलकुदका कार्यक्रम अगाडि बढाइरहदा नयाँ नयाँ खेल समेत बिद्यालयले समावेश गर्दै आएको जानकारी गराउदै पिन्सिपल उप्रेतीले बिद्यार्थीको वृद्धि विकासकालागि विद्यालयले सबै क्षेत्रमा कुनै कसुर नराख्ने वताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले समय अनुसार शिक्षामा परिवर्तन ल्याउदै बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी विकासको निम्ति पशुपतिले गरेको कार्यको सम्मान गर्दै बिद्यालयले पढाइको अलवा खेलकुद , सांस्कृतिक लगायतका कार्यक्रममा समेत विभिन्न प्रतियोगितामा सहभागी हुदै विजेता बन्दै आएकोमा बधाई ज्ञापन गर्दै थप उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालय संचालक सदस्य उषा उप्रेतीले गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक रिसव सिंह चहारले गर्नुभएको थियोे ।
